सहकारी दिवस मुल समारोह समिति गठन, पाँच सल्लाहकार मनोनित
धादिङ । ५९ औं राष्ट्रीय सहकारी दिवस भव्य रुपमा मनाउनका लागि धादिङमा मुल समारोह समिति गठन गरिएको छ । संघको आज बसेको बैठकले अध्यक्ष नेत्रराज पौडेलको संयोजकत्वमा ५९ औं सहकारी दिवस मुल समारोह समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा जिल्लाका सबै प्रारम्भिक सहकारी संस्थाका अध्यक्षहरु, विषयगत जिल्ला संघका सबै संचालक र डिभिजन कार्यालयका प्रतिनिधि रहेका छन् । मुल समारोह समिति करिब ५ सय सदस्यीय रहेको छ । सहकारी दिवसका दिन पुछारबजारबाट प्रभातफेरी गरी उद्योग वाणिज्य संघको कार्यालयमा गएर सभामा परिणत हुने संघका अध्यक्ष तथा मुल समारोह समितिका संयोजक नेत्रराज पौडेलले जानकारी दिए । यस वर्षको नारा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी तय भएको छ । नारालाई सार्थक तुल्याउने धादिङमा वर्षभरिनै विभिन्न कार्यक्रम हुने बताईएको छ ।
त्यस्तै बैठकले पुरस्कार छनोट समिति समेत गठन गरेको छ । सहकारी दिवसको दिन जिल्लाका उत्कृष्ठ सहकारी संस्था, संचालक र कर्मचारी सम्मान गर्ने कार्यक्रम अनुरुप छनोट समिति गठन गरेको अध्यक्ष पौडेलले बताए । डिभिजन कार्यालयसंग समन्वय गरेर उत्कृष्ठ संस्था, संचालक र कर्मचारी पुरस्किृत गरिने उनको भनाई छ ।
हरेक सहकारी दिवस जिल्ला सहकारी संघ र डिभिजन सहकारी कार्यालयको संयुक्त मनाउँदै आएको छ ।
सल्लाहकार समिति गठन
आजको बैठकले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । संघको सल्लाहकारहरुमा राष्ट्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल, कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक, होमनाथ थपलिया, सिताराम कोईराला र शान्त बिक्रिम बाँनिया रहेका छन् ।
हरेक बैठक सदस्य संस्थामा
जिल्ला संघको हरेक बैठक सदस्य संस्थामा गर्ने निर्णय गरेको छ । प्रत्येक बैठक फरक फरक संस्थामा गर्दा संस्थाको जानकारी पाउनुको साथै सो संस्थाको अनुगमन पनि गरिने संस्थाका सचिव विष्णु कोईरालाले बताए । संघको आगामी बैठक बुढाथुम गाविसमा गरिने सचिव कोईरालाले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
