कास्कूनमा सबै सहकारीकर्मीकाे विजयी भएको छ : केशव दंगाल (अन्तर्वार्ता)
कास्कूनमा सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कास्कूनलाई अब कसरी अगाडी बढाउनु हुन्छ ?
सबै सहकारीकर्मीहरुलाई मिलाएर सर्वसम्वत कमिटि बनेको छ । कास्कूनमा सबै सहकारीकर्मीको विजयी भएको छ । सबै सदस्यहरुको मत प्राप्त भएको छ । सबै खालका विचार र सबै क्षेत्रका साथीहरुको प्रतिनिधित्व कास्कूनमा भएको छ । यो टिमले कास्कूनमा आबद्ध सबै सदस्य संस्थाको समृद्धि हुनेगरी काम गर्नेछ । कास्कूनले सदस्य संस्था मात्र नभई संस्थाका सदस्यको पनि समृद्धिमा जोड दिने छ । सबैले समृद्धि प्राप्त गर्ने र सबै पक्षलाई समेट्ने हिसाबले कास्कून अघि बढ्छ ।
काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)को आज सम्पन्न १२ औं साधारणसभाले केशव प्रसाद दंगालको अध्यक्षतामा नयाँ कार्यसमिति चय गरेको छ । यस अघि सचिव रहेका दंगाल अध्यक्षमा सर्वसम्वत रुपमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा नवराज अर्याल र कोषाध्यक्षमा गोविन्द काफ्ले सर्वसम्वत रुपमा निर्वाचित भए । प्रस्तुत छ, नव निर्वाचित अध्यक्ष दंगाल संग कास्कूनको आगामीबाटो विषयमा केन्द्रीत रहेका सहकारीखबरका कार्यकारी सम्पादक काजी श्रेष्ठले गरेको संक्षिप्त कुराकानी ।
सर्वसम्वत नेतृत्व चयनले सहकारी अभियानमा के सन्देश प्रवाह गर्छ ?
सहकारीमा सबै विचारका मानिसहरुको प्रतिनिधित्व छ र सबै मिलेर सहकारी संघ संस्था चलाउनु पर्छ भन्ने सन्देश प्रवाह भएको छ । दलीय हिसाबमा प्रतिस्पर्धा जानु भन्दा सर्वसम्वत गर्नु राम्रो हो । सहकारीको विचारलाई स्थापित गर्ने हिसाबले सर्वसम्वती गरेका हौं । दलिय विचारलाई टाढा राखेर सर्वसम्वत ढंगले अघि बढेर सहकारी अभियान अगाडी बढाउने सन्देश दिन्छ ।
प्रारम्भिक संस्थाहरु संघमा आवद्ध भएर के पाउँछ भन्ने आवाजहरु सुन्ने गरीन्छ । यसमा तपाईको धारणा के छ ?
पक्कै पनि । पहिला संघ बलीयो हुन जरुरी छ । संघ बलीयो भएन भने सदस्य संस्थालाई केही पनि दिन सक्दैन । संघ बलीयो भएपछि सदस्य संस्थाको समृद्धि, उन्नती, शिक्षा, तालिमका कार्यक्रम ल्याउन सक्छ । बचत तथा ऋण सहकारी अभियानमा विविध कुरा ल्याउन सक्छ । अहिले साकोस एकरुपता अभियान चलेको छ । यसलाई लागू गर्न सक्छ । सहकारी एकिकरण अभियान चलाएर सुदृढ र सक्षम सहकारी बनाउन सकिन्छ । यसमा कास्कूनले काम गर्नेछ । यस्तो काम संघको हो । तर हिजो किन गर्न सकेन भन्दा संघ कमजोर थियो । सदस्य पनि कम थिए । अम्दानी कम थियो । त्यसैले सदस्यको हितमा काम गर्न सकेको थिएन । तर आज परिस्थिती बदलीएको छ । संघ बलीयो भएको छ । हाल ५ सय ४ सदस्य भएको छ । निकट भविष्यमै सबै बचत तथा ऋण सहकारी संस्था सदस्य बन्नेछन् । संघ बलीयो भएको खण्डमा मात्र सदस्य संस्था बलीयो हुन्छ । संस्था बलीयो हुने वित्तिकै सदस्यमा पनि समृद्धि प्राप्त हुन्छ । हिजो गर्न नसकेका काम यो कार्यसमितिले गर्नेछ । शिक्षा, तालिम, भ्रमण र साकोस सुदृढिकरणको काम यो कार्यसमितिले गर्नेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार