यस्तो बन्यो कास्कून हाक्ने टिम !
अध्यझ : केशव प्रसाद दंगाल
उपाध्यक्ष : प्रकाश श्रेष्ठ
सचिव : नवराज अर्याल
काेषाध्यक्ष : गाेविन्द काफ्ले
संचालकहरु
निरञ्जन सेढाई
राजकुमार खड्का
शुवास घिमिरे
रमिला श्रेष्ठ
देव नारायण चाैलागाई
तारा सापकोटा
पुरुषाेत्तम पाैडेल
लेमन श्रेष्ठ
राजन ईटनी
विरेन्द्र भण्डारी
नवराज तामाङ
लेखा सुपरिवेक्षण समिति
संयाेजक : कमलराज अधिकारी
सदस्य : गाेवर्धन के•सी
सदस्य : सालिकराम पुडासैनी
काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी निकट सहकारीकर्मीको सहमतिय साझा उम्मेदवार तय भए संगै सबै उम्मेदवारले जित्ने निश्चित छ ।
सबै उम्मेदवारले मनोनयन गर्दा गराउने क्रम जारी छ । केही सहकारीकर्मीहरुले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिने देखिएकाले केही पदमा भने चुनाव हुने देखिएको छ । तर तीन दलको संयुक्त प्यानल भएका कारण सबैले जित्ने निश्चित छ ।
तीन दल निकटका सहकारीकर्मीहरुले राजनीतिक भागवण्डाको आधारमा उम्मेदवार तय गरेको हो । सहमति अनुसार एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव, ६ जना संचालक र लेखा समिति सदस्य एक पद पाएका छन् । त्यस्तै कांग्रेसले कोषाध्यक्ष, लेखा समिति संयोजक र चार जना संचालक पाएका छन् । त्यसैगरि माओवादीले एक संचालक र लेखा समिति सदस्य पाएका छन् । रााजनीतिक भागवण्डा गरिनु गलत भएको केही सहकारीकर्मीको गुनासो छ ।
को-को सहभागी थिए घोषणा सभामा ?
नयाँ बानेश्व स्थित अर्याल होटलमा एक कार्यक्रम बीत साझा उम्मेदवार घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नेकपा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागाई, रास्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल, संघका संचालक चन्द्र ढकाल, नेफ्स्कूनका महासचिव परितोष पौडेल, संचालक दिपक पनेरु, सहकारी बैंकका संचालक ज्ञान बहादुर तामांग, जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई, महासचिव खेम सुवेदी, कोषाध्यक्ष मनोज भण्डारी सहभागी थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
