२२ कात्तिक २०८३, आईतवार

दुृग्ध सहकारीको टोलीद्वारा सहकारी अस्पतालको अवलोकन

२०७२ चैत ४, बिहिबार
दुृग्ध सहकारीको टोलीद्वारा सहकारी अस्पतालको अवलोकन

बागलुङ । सहकारीमार्फत दूग्ध व्यवसाय सञ्चालन गर्दै आएको चितवनको एक सहकारी संस्थाको टोलीले सहकारी मार्फत अस्पताल सञ्चालन गरेको धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङको बिहीबार अवलोकन गरेको छ ।

चितनको मेघौलीस्थित मुकुन्देश्वर दुग्ध उत्पादक सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुको टोलीले स्वास्थ्य सहकारी संस्था र निलगिरि अस्पतालको अवलोकन गरेका हुन् । अवलोकनपछि भएको छलफल कार्यक्रममा दुग्ध सहकारीका अध्यक्ष लोकनाथ सापकोटाले सहकारी मार्फत स्वास्थ्य जस्तो आम सरोकारको विषय रोजेर दिएको सेवाले आफुहरुलाई उत्साहित बनाएको बताए । दुग्ध सहकारीले कृषकहरुको दुध संकलन र विक्री वितरण गर्ने गरेको र आगामी दिनमा प्रशोधन लगायतका काम गर्ने उनले जानकारी दिए ।

स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा उपलब्ध गराउने उदेश्यले सञ्चालित निलगिरि अस्पतालका बारेमा मेडिकल निर्देशक डा.गोविन्द गौतमले जानकारी गराउनु भएको थियो । स्वास्थ्य सबैभन्दा ठुलो सम्पत्ती भएकाले नियमित स्वास्थ्य परिक्षण गर्न उहाले सुझाव दिए । रोगले ग्रस्त भैसकेपछि मात्रै उपचार गर्ने प्रवृतिलाई परिवर्तन गरी नियमित स्वास्थ्य परिक्षण लगायतका जनचेतनामुलक कार्य गर्दै आएको डाक्टर गौतमले बताए ।

अभिलेख

लोकप्रिय