२२ कात्तिक २०८३, आईतवार

कास्कूनमा एमाले र कांग्रेस भिड्दै, काे-काे उठ्दै छन् ?

२०७२ चैत १, सोमबार
कास्कूनमा एमाले र कांग्रेस भिड्दै, काे-काे उठ्दै छन् ?

काठमाडाैं । काठमाडौँ बचत तथा ऋण सहकारी संघ लि (कास्कून) काे अागामी नेतृत्वका लागि दुई पक्षिय प्यानल बीच प्रतिस्पर्धा हुने देखिएकाे छ ।

कांग्रेस निकट सहकारीकर्मी र एमाले निकटका सहकारीकर्मीहरु प्यालन बीच प्रतिस्पर्धा हुने देखिएकाे हाेे । दुबै पक्ष प्यालन बनाउने कसरतामा लागि परेका छन् । हाल सम्म दुबै पक्षले अाधिकारीक प्यानलकाे घाेषणा गरेका छैनन् ।

एमाले निकट प्यालनबाट अध्यक्ष पदमा संघका वर्तमान सचिव केशव दंगाल उठ्ने पक्का भएकाे छ । त्यस्तै उपाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा नवराज अर्याल उठ्ने फाईनलनै भएकाे छ । अन्य पदमा कस कसलाई उठाउने भन्ने विषयमा छलफल भईरहेकाे छ ।

यता कांग्रेस निकट प्यानलबाट भने कसलाई कुन पदमा उठाउने भन्ने विषायमा छलफल भईरहेकाे छ । वर्तमान अध्यक्ष शम्भु घिमिरे पुन: अध्यक्ष बन्न चासाे देखाएका छन् । उनी सर्वसम्वत भएमा मात्र अाफू अध्यक्ष बन्ने बुझिएको छ । यदि चुनावै हुने अवस्था आएमा कुश श्री न्यौपाने र गोविन्द काफ्ले मध्ये एक जनालाई चुनावी मैदानमा ल्याउने कांग्रेस निकट सहकारीकर्मीकाे तयारी छ । घिमिरे पुन: अध्यक्षमा उठ्न सक्ने सम्भावना बढी छ ।

 माअाेवादी निकट सहकारीकर्मीले भने अाफूहरुलाई उपयुक्त पद जुन पक्षले दिन्छ त्यतै समर्थन गर्ने तयारीमा छन् ।

चुनावको तयारीमा एमाले समुह भित्री रूपमा सक्रिय भइसके पनि काँग्रेस समुह सधैँ झैँ सुस्त नै देखिएको छ ।

अभिलेख

लोकप्रिय