२२ कात्तिक २०८३, आईतवार

कास्कून निर्वाचन : सहमतीको बाटो खुल्ला राख्दै कुँईकेलको नेतृत्वमा माओवादी अघि बढ्ने

२०७२ चैत १, सोमबार
कास्कून निर्वाचन : सहमतीको बाटो खुल्ला राख्दै कुँईकेलको नेतृत्वमा माओवादी अघि बढ्ने

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को आगामी नेतृत्वकालागि सहकारीकर्मीहरु सहमतिको आधारमा अघि नबढे एकिकृत नेकपा माओवादी निकटका सहकारीकर्मीले पनि प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिने भएका छन् ।

सहकारी अभियानमा विगत लामो समय देखि संवाद, सहमती र सहकार्यको सिद्धान्त बोकेर हिँडेको बताउँदै एमाओवादी निकट सहकारीकर्मीले छलफल नगरी अघि बढे चुनावी मैदानमा उत्रिले तयारी गरेका हुन् । आईतबार पार्टी सहकारी विभागको वैठक बसी सहमतिको लागि बाटो खुल्ला राख्दै लक्ष्मी प्रसाद कुँईकेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिने निर्णय गरेको हो । वैठकले १८ जनाको नामावली समेत तयार पारेको छ ।

कास्कूनको आगामी नेतृत्व चयनमा संवाद, सहमती र सहकार्य आवश्यक रहेको एमाओवादी निकट सहकारीकर्मी सुर्दशन थापाले बताए । कांग्रेस निकट सहकारीकर्मी र एमाले निकट सहकारीकर्मीलाई संवाद, सहमती र सहकार्य गरेर अघि बढ्न समेत उनको आग्रह छ ।

‘हामी संग २० प्रतिशत मत छ’ एमाओवादी निकट निकट सहकारीकर्मीले भने, ‘हाम्रो मत नै निर्णायक हुनेछ ।’ दुबै पक्ष सम्बादमा आउन नचाहेको समेत केही सहकारीकर्मीको गुनासो छ ।

अभिलेख

लोकप्रिय