राप्तिपारीका सहकारीकर्मीलाई आधारभुत सहकारी शिक्षा
दाङ । राष्ट्रिय सहकारी बैंक, डिभिजन सहकारी कार्यालय दाङ र जिल्ला सहकारी संघ, दाङ को संयुक्त आयोजनामा राप्तिपारी संचालनमा रहेका ६० सहकारी संस्थाहरुका १०० भन्दा वढि प्रतिनिधिहरु आधारभुत सहकारी शिक्षा दिईएको छ ।
शिविरमा राष्ट्रिय सहकारी बैंकको आवश्यकता,महत्व र भुमिका साथै सहकारी संचालन गर्दा भोगनु परेका समस्याहरु र सामाधानका उपायहरुका बारे राष्ट्रिय सहकारी बैंक दाङ शाखा प्रमुख नारायण बेल्वासेले सहजीकरण गरेका थिए । त्यस्तै सहकारी ब्यवस्थापन, लेखापरिक्षण, कर, कोषहरुको परिचालनको बिषयमा जिल्ला सहकारी संघ दाङका सचिव कृष्ण प्रसाद शर्माले सहजिकरण गरेका थिए ।
जिल्ला संघको महत्वको सम्वन्धमा संघका अध्यक्ष गोबिन्द प्रसाद शर्मा, बिषयगत संघको आवश्यता र औचित्य को सन्र्दभमा बचत संघका अध्यक्ष अन्जन कुमार पोडेल र बहुउदेश्यीय संघका अध्यक्ष कृष्ण प्रसाद गौतमले सहजिकरण गरेका थिए ।
लेखापरिक्षण, साधारण सभा, मासिक प्रतिबेदन लगाएत डिभिजन सहकारी कार्यालको सन्र्द्रभमा सहकारी निरिक्षक जागेश्वर नेपाली सहभागीलाई प्रस्ट पारे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
