'बर्दिया जिल्ला' कृषि सहकारीमा नेपालकै नमुना
बर्दिया । साना किसान कृषि सहकारी संस्था लिको सेवाले बर्दिया जिल्लाका सबै ग्रामीण क्षेत्र ढाकेकाले बर्दिया कृषि सहकारीमा नेपालकै नमुना जिल्ला भएको घोषणा गरिएको छ ।
फोनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले साना किसान कृषि सहकारी सङ्घ लि बर्दिया, साना किसान कृषि सहकारी संस्थाहरु मैनापोखर, पदनाहा, डेउढाकला र ढोढरीले आज राजापुरमा आयोजना गरेको कार्यक्रममा व्यवस्थापन हस्तान्तरण गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सहकारी अभियानमा महिला सहभागी भई आत्मनिर्भर बन्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए ।
महिला सहभागिता र सहकारी अभियानबाट समुन्नत समाजको कामना गर्दै साना किसान सहकारी संघको व्यवस्थापनअन्तर्गत रहेका १६ वटा गाविसका संस्था १६ वटा साना किसान सहकारी संस्थालाई नै हस्तान्तरण गरी बर्दिया नेपालकै नमूना जिल्ला भएको पनि उनले बताए ।
सो कार्यक्रममा साना किसान जिल्ला सङ्घ बर्दियाका अध्यक्ष तथा कार्यक्रमका सभापति अध्यक्ष दिलाराम जैसीले बर्दियाका साना किसान कृषि सहकारी संस्था साविकका गाविस वेलवा, धधबार, मनाउँ, पाताभार, पशुपतिनगर, नयाँगाउँ, दौलतपुर, बदालपुर, ठाकुरद्वारा, गोला, सूर्यपटुवा, बगनाहा, बानियाँभार, मगरागाडी, महमदपुर, सोरहवा गाउँका साना किसानलाई नै प्रधानमन्त्रीद्वारा हस्तान्तरण भएकोमा आफूलाई खुसी लागेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
