२२ कात्तिक २०८३, आईतवार

'सूर्यमुखी साना किसान कृषि सहकारी' देशकै उत्कृष्ठ

२०७२ फागुन २८, शुक्रबार
'सूर्यमुखी साना किसान कृषि सहकारी' देशकै उत्कृष्ठ

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस स्थित सूर्यमुखी साना किसान कृषि सहकारी संस्था देशकै उत्कृष्ठ सहकारी घोषित भएको छ । साना किसान विकास बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा कार्यसम्पादनका आधारमा उत्कृष्ट घोषित भएको हो । संस्थाले सम्मान स्वरुप २० हजार रुपैयाँ र प्रमाणपत्र वितरण पाएको छ ।

राजधानीस्थित अन्नपूर्ण होटलमा आयोजित सम्मान कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडाले सम्मान तथा पुरस्कार वितरण गरे ।

कार्यक्रममा खतिवडाले साना किसान सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । साना किसान सहकारीले ठूला बैंकले पत्याउन नसक्ने ठाउँमा गएर गरेको सेवा र पछिल्ला पाँच वर्षमा साना किसान सहकारीले गुणात्मक परिणाम दिन सकेको बताए ।

कार्यक्रममा इजरायली राजदूत हे यारोन गोडेर गोल्डबेगरले साना किसानका करिब एक हजार विद्यार्थीहरुलाई इजरायलमा प्रशिक्षार्थी विद्यार्थीका रुपमा अध्ययन गराउँदै आएको र यो संख्या बढाउने जानकारी दिए ।

अभिलेख

लोकप्रिय