काठमाडाैंका सहकारीकर्मी नीलकण्ठ महिला र श्राेत परिचालन सहकारीमा
धादिङ । नमूना सहकारीहरुको स्थलगत अवलोकन गरी ज्ञान, सीप र क्षमता विकास गर्ने उद्देश्यले ललितपुरका सहकारीकर्मीकाे टाेलीले तनहुँ र धादिङका सहकारीकाे अवलाेकन गरेका छन् ।
ललितपुर जिल्ला स्थित महालक्ष्मीस्थान नगरपालीका वडा नं १,२,३ र ४ अन्तर्गत सहकारी समन्वय समितिकाे टाेलीले धादिङका २ वटा सहकारीकाे बिहिबार अवलाेकन गरेका हुन् । टाेलीले धादिङबेशीमा संचालित नीलकण्ठ महिला बचत तथा ऋण सहकारी र श्राेत परिचालन बचत तथा ऋण सहकारीकाे अवलाेकन गरेकाे हाे । अवलाेकनमा सहभागीलाई नीलकण्ठ महिला सहकारीका अध्यक्ष भवानी तिमल्सिना र व्यवस्थापक भगवती अर्यालले सहकारी विविध गतिविधिका बारेमा जानकारी गराईन ।
टाेली तनहुँकाे खड्कमाई अामा बचत तथा ऋण सहकारीकाे अवलाेकन गरी धादिङ अाईपुगेकाे हाे । अवलाेकन गरेकाे दुबै सहकारी धादिङ जिल्लाकै उत्कृष्ठ हाे ।
सहकारीको स्थलगत अवलोकन गरी ज्ञान, सीप र क्षमता विकास गर्ने उद्देश्य अनुरुप अवलाेकनमा अाएकाे सहभागी सशिधर पाेखरेलले जानकारी दिए । पाेखरेलले नीलकण्ठ महिला सहकारीबाट अाफूहरुले पनि पाठ सिकेकाे प्रतिकृया दिए । सहकारी संस्था सदस्यहरुकाे विविध समस्या समाधान गर्नु सक्नुपर्ने बताउँदै पाेखरेलले त्यस कार्यमा नीलकण्ठ सहकारी अन्य सहकारीकाे तुलनामा अगाडी रहेकाे बताए ।
अवलाेकनमा ३६ जना सहकारीकर्मी सहभागी थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
