२२ कात्तिक २०८३, आईतवार

साना किसान बैंक १६ औं वर्षमा, सहकारीकाे लगानी ३९ प्रतिशत

२०७२ फागुन २८, शुक्रबार
साना किसान बैंक १६ औं वर्षमा, सहकारीकाे लगानी ३९ प्रतिशत

काठमाडौं । साना किसान विकास बैंक १६ औं बर्षमा प्रवेश गरेको छ । यस अवधिमा बैंकको अधिकृत तथा जारी पुँजी ६४ करोड र चुक्तापुँजी ४० करोड २४ लाख ४९ हजार ८०० रहेको छ ।

चुक्ता पुँजी मध्ये साना किसान सहकारी संस्थाहरुको सबैभन्दा बढी अर्थात ३९ प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत, कृषि विकास बैंकको २२ प्रतिशत, नेपाल बैंक लि.को ६ प्रतिशत र नबिल बैंक लि.को ३ प्रतिशत स्वामित्व रहेको बैंकले जनाएको छ ।

२०७२ साल पौष मसान्तमा यस बैंकको कुल सम्पत्ति ९ अर्ब ८७ करोड पुगेको छ । स्थापनाकाल देखिनै मुनाफामा सञ्चालित यस बैंकले आर्थिक वर्ष ०७१÷७२ मा १५ करोड ४१ लाख खुद नाफा गर्न सफल भएकोमा चालु आ.ब.को ६ महिनाको अवधिमा नै १० करोड ३९ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

दुग्ध तथा मासुजन्य पदार्थको आपूर्ति र बढ्दो आयात घटाउन देशभित्रै मासुजन्य पदार्थको उत्पादन बढाउने उद्देश्यले बैंकले नेपाल सरकारको ऋण सहयोगमा २०६७ चैत्र महिना देखि क्रमशः पशुपालन कर्जा कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमबाट २०७२ माघसम्ममा ३३० सहकारी संस्थाका ६० हजार जना किसानलाई ४९४ करोड कर्जा प्रवाह भएको छ ।

बैंकले सेवा पु¥याएका ५२५ सहकारी संस्थाहरुमा एक घर एक सदस्यको अवधारणा अनुरुप २०७२ पौष मसान्तसम्ममा ३६४ हजार महिला र १२८ हजार पुरुषहरु सदस्य भई कुल ४ लाख ९२ हजार घर परिवारका २५ लाख १० हजार जनसंख्या लाभान्वित भएका छन् । साना किसान सहकारी अनुसरण कार्यक्रमका माध्यमबाट थप २०४ वटा संस्थाहरु निर्माणको क्रममा रहेका छन् । अनुसरण भैरहेको २०४ संस्थामा संलग्न साना किसान सदस्यहरु समेत जोड्दा यस बैंकको सेवामा ५ लाख ५० हजारभन्दा बढी परिवार समेटिएका छन् । साना किसान सहकारी संस्थाको प्रवद्र्धन र विस्तारका लागि नेपाल सरकार कृषि मन्त्रालय एवं अन्तर्राष्ट्रिय कृषि विकास कोषको सहयोगमा मध्य पश्चिम र पश्चिमाञ्चलका ६ जिल्लामा ३० वटा साना किसान सहकारीको अनुसरणको कार्य अन्तिम चरणमा पुगेको छ ।

कुल सदस्यहरुमा ७४ प्रतिशत महिला सहभागिता रहेको र अधाभन्दा बढी सहकारीहरु महिला नेतृत्वमा सञ्चालित छन् । यी संस्थाहरुले आफ्ना सदस्यहरुबाट रु. १४ अर्ब ५६ करोड आन्तरिक रुपमा पुँजी निर्माण गरी परिचालन गरेका छन् भने यस बैंकबाट लिएको कर्जा रु. ८ अर्ब ५९ करोड समेत गरी कुल रु. २३ अर्ब १५ करोड बराबरीको आफ्ना सदस्यहरुलाई कृषि, पशुपालन तथा अन्य लघुकर्जाको रुपमा परिचालन गरी वित्तीय आत्मनिर्भरता एवं दीगोपनाको नमुनाको रुपमा स्थापित भएकाछन् ।

बैशाख १२ र २९ गतेको प्रलयकारी भुकम्पबाट प्रभावित साना किसान परिवारलाई तत्काल राहत् पु¥याउन बैंकमा आवद्ध २७२ साना किसान सहकारी संस्थाहरुबाट जुटेको सहयोग तत्कालै ६६ साना किसान सहकारी संस्थालाई पु¥याईएको छ ।

अभिलेख

लोकप्रिय