२२ कात्तिक २०८३, आईतवार

कुश्मामा महालक्ष्मीको सहकारी सचेतना तालिम

२०७२ फागुन २६, बुधबार
कुश्मामा महालक्ष्मीको सहकारी सचेतना तालिम

पर्वत । महालक्ष्मी नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कुश्मा पर्वतको आयोजनामा २ दिने सहकारी सचेतना तालिम मंगलवारदेखि शुरु भएको छ ।

संस्थाका शेयर सदस्य, सञ्चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

तालिमको शुरुवात गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले दक्ष कर्मचारी, क्षमतावान सञ्चालक र सक्रिय शेयर सदस्य भएमा मात्रै सहकारीले भने जस्तो प्रगति गर्न सक्ने बताए । उनले सहकारीलाई सफल रुपमा सञ्चालनका लागि नीति, वित्तिय सक्षमता र दिर्घकालिन योजना आवश्यक पर्नेमा जोड दिए ।

तालिममा सहकारीको ऐतिहासिक पृष्ठभूमि, सहकारीका मूल्य मान्यता र सिद्धान्त, संस्था सञ्चालनका लागि आवश्यक वित्तिय अवस्था, नीति तथा योजना लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्ने संस्थाका तालिम संयोजक इन्द्रमान खत्रीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय