सहकारी संघ ललितपुरकाे चुनावी साधारणसभा चैत २७ गते, दुलाल पुन: अध्यक्ष बन्ने तयारीमा
काठमाडाैं । जिल्ला सहकारी संघ, ललितपुरकाे २४ अाैं साधारणसभा चैत २७ गते हुने भएकाे छ । केही दिन अघि बसेकाे संचालक समितिकाे बैठकले साधारणसभाकाे मिति तय गरेकाे हाे ।
२४ अाैं साधारणसभाले नयाँ संचालक समिति पनि चयन गर्ने भएकाले ललितपुरका सहकारीकर्मीकाे चासाे साधारणसमाकाे मिति तय संगै बढेकाे छ । संघमा सदस्यता वृद्धिको क्रममा केही विवाद देखिएपछि साधारणसभा हुन ढिलाई भएकाे हाे ।
अागामी कार्यकालका लागि वर्तमान अध्यक्ष माधव दुलालले पुन: अध्यक्ष बन्न चासाे देखाएका छन् । अाफ्नाे कार्यकालमा बाँकी रहेका कामहरुलाई पुरा गर्न पुन: अध्यक्ष बन्ने तयारीमा दुलाल रहेकाे बुझिएको छ । हाल सम्म अन्य व्यक्तिले अध्यक्षमा चासाे देखाएका छैनन् ।
४.१८३ करोड लागतमा जिल्ला सहकारी संघ ललितपुरमा ‘सहकारी संवर्धन केन्द्र’ निर्माण हुँदै छ । उक्त केन्द्र निमार्णका लागि भारतीय राजदूतावास, जिल्ला विकास समिति ललितपुर र जिल्ला सहकारी संघ ललितपुर बीचकाे सम्झौता अनुरुप निर्माण कार्य भईरहेकाे छ । सदस्य सहकारीहरुलाई नेतृत्व, संवर्धन, सहयोग गर्ने उद्धेश्यले १९७२ मा स्थापित जिल्ला संघ सदस्य सहकारी तथा सदस्य कृषकहरुलाई सहयोग गरी सवलबनाउने कार्य गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
