२२ कात्तिक २०८३, आईतवार

सहकारी संघ ललितपुरकाे चुनावी साधारणसभा चैत २७ गते, दुलाल पुन: अध्यक्ष बन्ने तयारीमा

२०७२ फागुन २५, मङ्गलबार
सहकारी संघ ललितपुरकाे चुनावी साधारणसभा चैत २७ गते, दुलाल पुन: अध्यक्ष बन्ने तयारीमा

काठमाडाैं । जिल्ला सहकारी संघ, ललितपुरकाे २४ अाैं साधारणसभा चैत २७ गते हुने भएकाे छ । केही दिन अघि बसेकाे संचालक समितिकाे बैठकले साधारणसभाकाे मिति तय गरेकाे हाे ।

२४ अाैं साधारणसभाले नयाँ संचालक समिति पनि चयन गर्ने भएकाले ललितपुरका सहकारीकर्मीकाे चासाे साधारणसमाकाे मिति तय संगै बढेकाे छ । संघमा सदस्यता वृद्धिको क्रममा केही विवाद देखिएपछि साधारणसभा हुन ढिलाई भएकाे हाे ।

अागामी कार्यकालका लागि वर्तमान अध्यक्ष माधव दुलालले पुन: अध्यक्ष बन्न चासाे देखाएका छन् । अाफ्नाे कार्यकालमा बाँकी रहेका कामहरुलाई पुरा गर्न पुन: अध्यक्ष बन्ने तयारीमा दुलाल रहेकाे बुझिएको छ । हाल सम्म अन्य व्यक्तिले अध्यक्षमा चासाे देखाएका छैनन् ।

४.१८३ करोड लागतमा जिल्ला सहकारी संघ ललितपुरमा ‘सहकारी संवर्धन केन्द्र’ निर्माण हुँदै छ । उक्त केन्द्र निमार्णका लागि भारतीय राजदूतावास, जिल्ला विकास समिति ललितपुर र जिल्ला सहकारी संघ ललितपुर बीचकाे सम्झौता अनुरुप निर्माण कार्य भईरहेकाे छ । सदस्य सहकारीहरुलाई नेतृत्व, संवर्धन, सहयोग गर्ने उद्धेश्यले १९७२ मा स्थापित जिल्ला संघ सदस्य सहकारी तथा सदस्य कृषकहरुलाई सहयोग गरी सवलबनाउने कार्य गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय