सहकारी एकिकरणकाे लहर : राजघाटमा पहिलो पटक एकिकरण
राजघाट । मोरङको राजघाटमा पहिलो पटक दुईवटा सहकारी संस्थाबिच मंगलवार विधिवत रुपमा एकिकरण गरिएको छ । जीवन ज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान महिला कृषि सहकारी संस्था बिच एकिकरण गरिएको हो ।
अरनिको उच्च माबि राजघाटको प्राङ्ग्रणमा दुबै सहकारीको बिशेष साधारण सभा गरिएको थियो । बिशेष साधरण सभापछि सहकारी संस्था नाम जीवज ज्योती महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड नाम राखिएको छ ।
जीवन ज्योतीका ५ सय ६३ जना र साना किसानको ५ सय ७० जना सेयरसदस्यहरु रहेकोमा १ सय ७१ जना दुबै सहकारीका सेयर सदस्य रहेका थिए । दुबै सहकारीका दोहोरीएका सदस्यहरुलाई एउटै गणना गरि हाल ९ सय ६२ जना सेयर सदस्य बनाइएको छ । सहकारी एकिरकण भएपछि एकिकृत वासलात रकम जम्मा १ करोड ३५ लाख ४ हजार २ सय ९९ रुपैंया रहेको साधरणसभामा जानकारी गराईएको छ ।
यसैबिच साधरण सभाले हिरा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कोपिला खनाल सदस्यहरुमा तारा धिमाल,खिनादेबी आचार्य,सुनिता चौहान,लक्ष्मीमाया तामाङ,रन्धता कडेल खड्का,मीना पौडेल,शान्ता बनेम र सरिता आपागाई चयन भएका छन् । यस्तै,लेखा समिती संयोजकमा माया राई र सदस्यहरुमा मुना अधिकारी र हुमा भट्टराई रहेका छन् ।
केन्द्रीय फलफुल तथा सहकारी संस्थाका केन्द्रीय उपाध्यक्ष मक्तिनाथ बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष खगेन्द्र भण्डारीको पनि आतिथ्यता रहेको थियो । प्रमुख अतिथी बरालले सहकारीले आयमुलक क्षेत्रमा लगानी लगाई सेयर सदस्यहरुको जिवनस्तर उकास्न लाग्नुपर्नेमा जोड दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
