बचत तथा ऋण सहकारीको नियमन तथा सुपरिवेक्षण गर्ने निकायको ऐनको मस्यौदा तयार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाका साथै लघुवित्त कारोबार गर्ने संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्ने निकायको ऐनको मस्यौदा तयार गरेको छ ।
ती संस्थाहरुको नियमन एवम् सुपरिवेक्षण गर्न सरकारले चालु आवको बजेट वक्तव्यमा उल्लेख गरेबमोजिम त्यस्तो निकाय स्थापनाका निम्ति केन्द्रीय बैंकले ऐनको मस्यौदा तयार गरेको हो । साथै उक्त बैंकले विदेशी विनिमय तथा सुनचाँदीको अवैध कारोबारलाई नियन्त्रण गर्न सोही बैंकको सक्रियताको गठन भएको उच्चस्तरीय संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय लगानीको क्षेत्र तथा दायरालाई अझ फराकिलो बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रबीच विदेशी विनिमय लगानीका सम्भावनाबारे अध्ययन गरी लगानी विविधीकरण र विस्तार गर्ने सम्बन्धमा अध्ययन जारी राखेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
