२२ कात्तिक २०८३, आईतवार

सहकारी बैंकले १३ प्रतिशत लाभांश दिने

२०७२ फागुन १८, मङ्गलबार
सहकारी बैंकले १३ प्रतिशत लाभांश दिने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ/संस्थाहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिवार सम्पन्न १२ औं साधारणसभाले १३ प्रतिशत लाभांश दिन प्रस्ताव पारित गरेको थियो ।

सहकारी संघ/संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनिहरूको वित्तीय आवश्यकतालाई पुरा गरी ती संघ÷संस्थाहरूलाई बैकिङ्ग सेवामा पहँुच दिन तथा अन्य वित्तीय सेवा सुविधाहरू उपलब्ध गराई सहकारी क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले सहकारी बैंक स्थापना भएको हो ।

२०६० आषाढ २५ गते दर्ता भएको यस बैंकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त गरेको थियो । बैंकमा हालसम्म नेपाल सरकारको १ करोड सहित बैंकको शेयर रकम ७१ करोड लाख ९२ हजार ३२, निक्षेप १० अर्ब तथा कर्जा ५ अर्ब १५ करोड रहेको छ । बैंकका हाल ३७ शाखा कार्यालयहरू छन् ।

अभिलेख

लोकप्रिय