अन्तर सहकारी फूटबलको उपाधी जनमैत्री साकोसलाई
काठमाडौं । काठमाडौंको महाबौद्ध र आसपासका सहकारी संस्था बीचको सद्भाव र मित्रतालाई अझ बढी मजबुत बनाउने उद्देश्यका साथ अन्तर सहकारी फूटवल खेल सम्पन्न भएको छ । अविच्छिन्न बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा खेल तीन दिनसम्म सञ्चालन भएको थियो ।
अखिल नेपाल फूटवल संघ (एन्फा) को खेल मैदान सातदोबवाटो, ललितपुरमा सञ्चालित उक्त खेलमा आयोजक संस्था अविच्छिन्न साकोसलगायत ८ वटा सहकारी संस्थाको सहभागित रहेको थियो । सहभागी सहकारी संस्था मध्ये जनमैत्री बचत तथा ऋण सहकारी संस्थाले प्रथम स्थान हासिल गर्न सफल भयो भने दोस्रो र तेस्रोमा क्रमशः दब्यलाभ बचत तथा ऋण सहकारी संस्था र घर आँगन बचत तथा ऋण सहकारी संस्था आउन सफल भए । सहभागी अन्य सहकारी मध्ये श्री लाभ बचत तथा ऋण सहकारी संस्था फेयर प्ले टिमबाट सम्मानित भयो भने कृजन बचत तथा ऋण सहकारी, अनिवार्य बचत तथा ऋण सहकारी र ऊँ साईनाग बहुउद्देश्यीय सहकारीलाई सहभागिताको प्रमाण–पत्रद्वारा सम्मानित गरिएको थियो ।
खेलको अन्तिम दिन प्रथम, द्वितीय र तृतीय हुने संस्था र खेलाडीहरुलाई प्रमुख अतिथि सभासद नविन्द्रराज जोशीले ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरेका थिए । खेल अवधिमा सर्वोकृष्ट खेलाडी जनमैत्री बचत तथा ऋण सहकारी संस्थाका हितराज लिम्बुलाई एन्फाका कार्यवाहक अध्यक्षले ट्रफी प्रदान गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
