२२ कात्तिक २०८३, आईतवार

किसान सहकारीकाे अध्यक्षमा सुरेन्द्र कुमार शाह सहित पुरै प्यानल विजयी

२०७२ फागुन १७, सोमबार
किसान सहकारीकाे अध्यक्षमा सुरेन्द्र कुमार शाह सहित पुरै प्यानल विजयी

कैलाली । लम्कीचुहा-२ लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे २१ औं चुनावि साधारण सभा बाट अध्यक्ष पदमा सुरेन्द्र कुमार शाह सहित पुरै प्यानल विजयी भएको छ ।

निर्बाचित अध्यक्ष सुरेन्द्र कुमार शाहले ८ सय ६८ मत ल्याएर विजयी भएका हुन्न् । उनका निकटत्म प्रतिद्धन्दी टीकेन्द्र बहादुर थापाले ७ सय २४ मत ल्याएका थिए । शाह प्यानकै उपाध्यक्षका उम्मेदार उदयराम खनालले ९ सय ५३ मत ल्यायर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी थापा प्यानलका माघुलाल डगौरा थारुले ५ सय ४५ मत प्राप्त गरेका थिए ।

यस्तै खुल्ला तर्फ सदस्यहरुमा शाह प्यानकै मयाराम धमालाले ९ सय १०, जयरुप बुढाले ८ सय , भिष्णुभक्त शर्मा ढकालले ७ सय ९३ लोकराज तिमिल्सैनाले ७ सय ९०, पतिराम चौधरीले ७ सय ६७ र शुभनाथ देवकोटाले ७ सय ५० मत ल्याएर विजय भए । यसैबिच लेखा समिति सदस्यमा मोतीप्रसाद उपाध्याय ६ सय ४३ र चेतराज देवकोटाले ६ सय २५ मत ल्याएर विजयी भए । महिला सदस्य पदमा उर्मिला बस्नेत र लेखा समिति संयोजक फडेन्द्र कार्कि र्निबिरोध निर्बाचित हुनु भएको निर्बाचन अधिकृत मुक्तिप्रसाद भटट्राईले जानकारी दिए ।

३ हजार २ सय ९० मतदाता रहेको सहकारीमा सम्पन्न २१ औं चुनावि साधारण सभामा भएको मतदानमा १ हजार ७ सय ४५ मत मात्र खसेको थियो भने निर्बाचानमा १ सय ३४ मत बदर भएका निर्बाचन सहायक अधिकृत भटट्राईले जानकारी गराए ।

२०५२ सालमा लम्कीमा स्थापना भएको सहकारीले २०५४ साल देखि नेपाल राष्ट्र बैंक बाट सिमित बैंकि¨ कारोकारको स्वीकृती प्राप्त गरेको थियो । भने स्थानिय ग्रामिण स्तरका निम्न आयस्तर भएका महिलाहरुको आर्थिक आयस्तरमा सहयोग पु¥याउने उघेश्यले २०६४ साल देखि लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सहकारीमा जिल्लका गरी करीब ३१ हजार महिला आबद्ध रहेका छन । भने जिल्लाका बिभिन्न ठाउमा १५ वटा लघुति केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीमा हाल करीब ३ हजार २ सय ९० जना शेयर सदस्य रहेका जनाएको छ । भने हाल सम्म शेयर पुजि जगेडा १२ करोड, निक्षेप ७० करोड संकलन गर्न सक्षम भएको छ भने । कर्जा लगानि हाल ९६ करोड रहेको सहकारीले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिएको छ ।

आर्थिक बर्ष २०७१/०७२ मा मात्र सहकारीले ४ करोड १९ लाख मुनाफा कमाउन सफल भएको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई प्रत्यक बर्ष १५ प्रतिशत लाभाशं बितरण गरीरहेको जनाएको छ । सहकारीले किसानलाई सहुलियत कर्जा, बिउ बिजन तथा मल खाद बिक्रि बितरण गदै आएको छ ।

किसानहरुको माग लाई मध्यनजर गदै लम्कीचुहाको मातिपुरमा बृहत सित गृहको निमार्णको लागि तयारी शुरु गरी सकेको छ भने लम्कीमा ३ तलाको आफनै सुबिधा सम्पन्न भवन बाट सिमित बैंकिङ्ग सेवा प्रदान गदै आएको छ भने टीकापुरबाट समेत बैंकिङ्ग सेवा प्रदान गदै आएको छ । सहकारीको क्षेत्रमा छोटो समयमै ठुलो फड्को मार्न सफल यस सहकारी बाट करीब ३ सय जना यस क्षेत्रका युवाहरुले रोजगारी पाएका छन भने अप्रतक्ष रुपमा हजारौले रोजगार पाएका छन् ।

अभिलेख

लोकप्रिय