२२ कात्तिक २०८३, आईतवार

कास्कूनमा चुनावी चहल पहल शुरु

२०७२ फागुन १६, आईतवार
कास्कूनमा चुनावी चहल पहल शुरु

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)को साधारणसभाको मिति तय भए संगै चुनावी चहल पहल शुरु भएको छ ।

साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले काठमाडौंका सहकारी बजार यतिबेला तातिएको छ । आकांक्षिहरुले विभिन्न पदमा उम्मेदवारी दिने सहकारीका विभिन्न कार्यक्रममा बताउन थालेका छन् । चुनावी साधारणसभा भएकाले सदस्य संस्थाका प्रतिनिधिहरुले पनि चासोका साथ लिएका छन् ।

चुनावमा एमाले निकट सहकारीकर्मी र नेपाली कांग्रेस निकट सहकारीकर्मी बीचको प्यानल बन्ने निश्चित छ । माओबादी निकट सहकारीकर्मी सिमित मात्रमा भएकाले प्यानल आउने सम्भावना देखिदैंन । माओबादी निकट सहकारीकर्मीहरु पनि दुई मध्ये एक प्यानलमा मिलेर जाने सम्भावना देखिन्छ । औपचारिक कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । त्यसोत बाहिरी हल्ला भने केही मात्रमा आउन थालेको छ ।

आफ्नो पक्षमा मत ल्याउन केही व्यक्ति सदस्यता बृद्धिमा पनि जोड दिएका थिए । केही समय अघि सम्म पनि धमाधम सदस्यता वृद्धि पनि भएको थियो । कास्कूनमा हाल ५ सय सदस्य छन् । अध्यक्ष, महिला तथा खुल्ला उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । त्यस्तै १० जना संञ्चालक, एक लेखा समिति संयोजक र दुई सदस्य रहने व्यवस्था रहेको छ ।

अभिलेख

लोकप्रिय