सहकारी क्षेत्रजस्तै उर्जामा पनि समस्या : उपप्रधानमन्त्री रायमाझी
काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझिले सहकारीले कृषि, जलविद्युत्त, उद्योग, व्यापार व्यवसायमा लगानी गर्न सके मात्र आर्थिक क्रान्ति हुने बताएका छन् ।
हजार माइलको यात्रा गर्न एक पाइलबाट यात्रा शुरु हुने भन्दै मन्त्री रायमाझीले सहकारीबाटनै मुलुक आर्थिक समृद्ध हुने बताए । जिल्ला सहकारी संघ काठमाडौंको १६ औं बार्षिक साधारणसभामा बोल्दै रायमाझिले दिगो, भरपर्दो र राष्ट्रनिर्माणका लागि सहकारी अपरिहार्य भएको बताए ।
सहकारी क्षेत्रजस्तै उर्जामा पनि समस्या रहेको उनको भनाई थियो । १ सय ५ वर्षमा ३ सय १० मेगावाट मात्र विद्युत उत्पादन हुनु विडम्बनाको रहेको बताए । उर्जा क्षेत्रको विकासका लागि तत्कालिन, मध्यकालिन र दिर्घकालिन रुपमा काम अघि बढाउन ‘मास्टर प्लान’ बनाएर अघि बढेको उनले बताए । ‘हाल १ सय ७ वटा विद्युत परियोजनाहरु सञ्चालनमा छन्’ उनले भने, ‘यि परियोजनामा देखिएको समस्या तत्काल समाधान गरी निमार्ण कार्यलाई द्रुत रुपमा अघि बढाउने काममा सरकार छ ।’ जतिसक्दो चाडो लोडसेडिङ अन्त्य गर्नका लागि सरकार क्रियाशील भएको उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडाल, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सञ्चालक केबी उप्रेती, डिभिजन सहकारी कार्यालय काठमाडौं प्रमुख नारायणप्रसाद अर्याल, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्ली प्रसाद सापकोटा गायतले मन्तव्य राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
