पत्रकार सुरज प्याकुरेल सम्मानित
काठमाडौं । लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय पत्रकार सुरज प्याकुरेल ‘एक्यान पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित भएका छन् ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले हरेक बर्ष प्रदान गर्ने उक्त पुरस्कार यसपाली सुरज प्याकुरेललाई प्रदान गरेको हो । एक्यानले शनिवार सम्पन्न गरेको संघको बार्षिक साधारण सभामा संघका निस्वर्तमान अध्यक्ष भरत रिजालले पत्रकार प्याकुरेललाई सम्मानित गरेका हुन् ।
नेपाली लेखा व्यवसाय सम्बन्धि समाचार सम्प्रेषण गर्ने पत्रकारहरुमध्ये उत्कृष्ट पत्रकारलाई एक्यानले गतबर्षदेखि सम्मानित गर्दै आएको छ । विशेषगरी नेपाली लेखा व्यवसायसँग सम्बन्धित समाचार सम्प्रेषण गरी नेपाली लेखा व्यवसायसँग आवद्ध सरोकारवालाहरुलाई सुचित गरेको भन्दै प्याकुरेललाई सम्मान गरिएको एक्यानका निवर्तमान अध्यक्ष भरत रिजालले बताए । गत बर्षपनि उक्त पुरस्कार सुरज प्याकुरेललाइ नै प्रदान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
