स्टार सहकारीकाे पुँजी वृद्धि याेजना
काठमाडौं । स्टार बचत तथा ऋण सहकारी संस्था लिले आर्थिक वर्ष २०७२/७३ मा थप सेयर बिक्री गरी संस्थाको चुक्ता पुँजी १० करोड पुर्याउने लक्ष्य राखेको छ ।
संस्थाले आफ्नो वार्षिक साधारणसभामा दिएको जानकारी अनुसार चालु आवमा कुल कर्जा लगानी रु ५५ करोड पुर्याई मुनाफा ७० लाख आर्जन गर्ने संस्थाको लक्ष्य छ ।
यो संस्थाको आव २०७१/७२ को अन्त्यसम्म चुक्ता पुँजी ३ करोड ४४ लाख ९१ हजार रहेको छ ।
संस्थाको विभिन्न बचत योजनाअन्तर्गत गत आवमा ४६ करोड ५४ लाख बचत रहेको छ । गत आवमा कर्जा लगानी ३५ करोड ३२ लाख भई सञ्चालन मुनाफा ४२ लाख ४० हजार आर्जन गर्न संस्था सफल भएको छ । संस्थाले हाल कुमारीपाटीस्थित केन्द्रीय कार्यालयका साथै न्युरोड र कालीमाटी गरी दुई सुविधा केन्द्रबाट आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाले निकट भविष्यमा भक्तपुर र बालाजुमा शाखा विस्तार गर्दैछ । यस अतिरिक्त बचतकर्ता सदस्यहरुको बचत सुरक्षणका लागि कानुन अनुकूल हुने गरी सम्भव भएसम्म बचत बिमाका लागि व्यवस्थापनले पहल गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार