सहकारीमा जोखिम व्यवस्थापन र आर्थिक अनुशासनलाई बलियो बनाउने कानुन आवश्यक छ : ढकाल
काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्रालयका सह-सचिव सुर्दशन प्रसाद ढकालले सरकारले ल्याउन लागेको नयाँ सहकारी ऐनको मस्यौदाले सहकारी अभियानलाई खुम्चाउने बताएका छन् ।
ऐनको मस्यौदामा रहेको केही व्यवस्थाहरु सहकारीको सिद्धान्त भन्दा बाहिर रहेको बताए । सहकारीखबर संग कुरा गर्दै ढकालले नीति, नियम बनाउँदा सरोकारवाला पक्ष संग परामर्श गरेर मात्र अघि बढ्नुपर्ने बताए । सहकारी अभियानका राम्रा सुझावलाई पनि समावेश गरेर लैजानु पर्ने उनको भनाई छ ।
‘५० लाख भन्दा बढी जनता सहकारीमा आवद्ध भैसकेका छन् । ऐन ल्याउँदा सहकारीको विकास र प्रवद्र्धनमा पनि जोड दिनु पर्छ’, ढकालले भने, ‘सहकारीको सिद्धान्त र व्यवहार बीच तादम्यता सहित सहकारिको स्वायत्त र स्वतन्त्र चरित्रको उच्च सम्मान, स्वनियमन अभ्यासको प्रबर्द्धन, जोखिम व्यवस्थापन र आर्थिक अनुशासनलाई बलियो बनाउने कानुन आवश्यक छ ।’
सहकारीमा राम्रो कानुन नभएर सहकारीमा समस्याहरू देखिएको बताउँदै उनले सहकारीलाई देशको आर्थिक तथा सामाजिक विकासको माध्यमका रुपमा विकास गर्न उपयुक्त कानुन, सहकारी नीति र कार्यक्रमको आवश्यकता रहेकाे बताए ।
सहकारीबारे ज्ञान नहुँदा समस्या
सहकारीका नीति निमार्णका तहमा बस्नेहरुलाई सहकारीका बारेमा प्रयाप्त ज्ञान नहुँदा यस्तो समस्या आएको ढकाल बताउँछन् । ‘सहकारी अभियानको माग बमोजिम सहकारी मन्त्रालय त बन्यो तर यहाँ आउने मान्छेले सहकारी बुझेनन् । सहकारी अभियानले पनि उहाँहरुलाई सहकारी बुझाउन सक्नुभएन । यो अभियानको पनि गल्ती हो ।’, ढकालले भने । नीति निमार्णमा बस्नेहरुलाई सहकारीका बारेमा राम्रो संग बुझाउन सके मात्र सहकारी मैत्री कानुन निमार्ण हुने उनको भनाई छ । सहकारी अभियान र सरकार पक्ष संग संगै हिड्नुपर्ने बताए ।
बचत सुरक्षण र कर्जा सूचना केन्द्र आवश्यक
सदस्यले सहकारी संस्थामा गरेको बचतको पूर्ण सुरक्षाको लागि बचत सुरक्षण कोष बनाउनु पर्ने उनको भनाई छ । ‘सहकारीमा पैसा राखिसकेपछि ढुक्क भएर सुत्न पाउनु पर्छ’, उनले भने, ‘यसका लागि बचत सुरक्षण कोष आवश्यक छ । ऐनको मस्यौदा तयार हुँदा सुझाव थियो तर समेटिएको छैन ।’ जसले सुरक्षणको काम गर्छ त्यसैले अनुगमनको पनि काम गर्न सकिने उनकाे भनाई छ । नयाँ अाउने एेनमा कर्जा सुचना केन्द्रको स्थापनाकाे पनि व्यवस्था हुनुपर्ने उनि बताउँछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
