इन्धन मौज्दात भए पनि वितरण नगरेको भन्दै आपूर्ति सचिव र निगमका निर्देशकलाई अख्तियारकाे पत्र
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पत्र काटेको छ ।
आयोगले आज आपूर्ति सचिव विष्णुप्रसाद लम्साल र निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पत्र काटेर उपस्थित हुन आग्रह गरेको हो ।
आयोगका अनुसार निगमको थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरेलाई पनि उपस्थित हुन भनिएको छ । निगमको मुलुकभरका भण्डारण स्थलमा दुई करोड २० लाख लिटरभन्दा बढी इन्धन मौज्दात रहे पनि उपभोक्तालाई वितरण गरेको छैन ।
पर्याप्त मौज्दात रहे पनि किन इन्धन वितरण नभएको हो, भण्डारण मात्रै गरिराख्नुको कारण के हो भन्दै बुधबार बिहान उपस्थित हुन पत्र काटिएको आयोगले जनाएको छ । पछिल्लो दिनमा रक्सौल नाकाबाहेक अन्य नाकाबाट पर्याप्त मात्रामा इन्धन भित्रिए पनि निगमले इन्धन वितरण गरेको छैन ।
तोकिएका केही पेट्रोल पम्पलाई मात्रै सीमित परिणाममा इन्धन दिएको छ । पर्याप्त मौज्दात रहँदा उपभोक्ताले राहत महसुस गर्ने गरी इन्धन वितरण हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै किन त्यस्तो गरिएको हो भन्ने जवाफ दिन बोलाइएको आयोगले जनाएको छ ।
आयोगले आवश्यक कागजातसहित उपस्थित हुन तीनै जनालाई निर्देशन दिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
