उपभोक्ता सहकारी संघका अध्यक्ष र उपाध्यक्षलाई कार्यभार सम्हाल्न अदालतको अनुमती
भारत । भारतको राष्ट्रिय उपभोक्ता सहकारी संघ (एनसीसीएफ) का अध्यक्ष विजेन्द्र सिंह र उपाध्यक्ष विरेन्द्र सिंहलाई कार्यभार सम्हाल्न दिल्लीको उच्च अदाललतले अनुमती दिएको छ । केन्द्रीय सरकारको आदेश खारेज गरी अदालतले अनुमती दिएको हो ।
अध्यक्ष र उपाध्यक्षको चुनावमा संघका निर्देशक विजय कुमार सिंहले व्यापक अनियमितता गरेको केन्द्रीय सरकारमा उजुरी परेको थियो । उच्च अदालतले यो प्रकणलाई सक्षम व्यक्तिबाट अनुसन्धान हुनुपर्ने महशुुुस गरेको थियो ।
नयाँ दिल्ली स्थित प्रिया उपभोक्ता सहकारी पसल र मुंबई स्थित जनता केन्द्रीय सहकारी पसलका प्रतिनिधि विजेन्द्र सिंह र विरेन्द्र सिंह संघको उपनियम ५ (सि) र २५ (अ) को धारा विपरित गरेको आरोप लागेको थियो । संघको निर्देशक मण्डलको चुनाव पनि सही ढंगले नगरेको उनीहरुलाई आरोप लागेको थियो ।
भारतीय सहकारीता अनलाईनसंग कुरा गर्दै अध्यक्ष सिंहले भने, ‘यो नै ठीक हो, कार्यभार सम्हाल्न अधिल्लो आइतबार गएको थिए । संघको विनियमको धारा १२२ र १२३ मा अध्यक्ष र उपाध्यक्षको चुनावका लागि अनुमती छैन । बोर्डले मात्रै हटाउन सक्छ ।’
संघका अध्यक्ष र उपाध्यक्षको निर्वाचित भएपछि प्रशासनमा पनि नियुक्ति गरेको थियो । संघका अध्यक्षले भने, ‘यो मामलामा सामान्य निकायले नै सक्षम प्राधिकारी हो । यो निर्णयको सम्मान गर्छु ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार