‘पर्यटन अध्यापन गराउने सहकारी कलेज स्थापना गर्ने छौं’

पर्यटन सहकारी किन र कसरी स्थापना गर्नुभयो ?
पर्यटन क्षेत्रका सबै व्यवसायीलाई समेटेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहकारी स्थापना गरेका हौं । पर्यटन क्षेत्रमा केही आयाम, केही नयाँ काम गर्न सकिन्छ कि भनेर स्थापना गरेका हौं । शुरुमा हामी ४५ जनाबाट २०/२० हजार रुपैंया जम्मा गरेर सहकारी शुरुवात गरेका हौं । एक वर्षमै हामीले एक करोड रुपैंयाको कारोबार गर्यौं । त्यसपछि २ वर्षमा ८ करोड रुपैंया र अहिले १५ करोड रुपैंया पुर्याएका छौं । हाम्रो उद्देश्यमा सहकारी होटल, ट्राभल, हेलीकप्टर, प्लेन समेत किन्ने रहेको छ । तर उद्देश्य अनुसार कामगर्न ऐन निमयले दिएको छैन । केही समय अघि हामीले एयरपोर्टबाट ठमेल आउने ट्याक्सी संचालन गर्ने सोच बनायौं । ट्क्सीहरु पुराना र उनीहरुले पर्यटकलाई राम्रो सेवा नदिएको, सोझै बस सेवान भएको, बेला बेलामा पर्यटक लुटिने भएका हुनाले सहकारी मार्फत त्यहाँ लगानी गर्ने कि भनेर सोच बनाएका थियौंँ । सबै सहकारीका सदस्यको सहमती अनुरुप प्रक्रिया शुरु गरेका थियौं । यातायातमा भएको सिन्डिकेटका कारण लगानीगर्न सकिएन । अर्को कुरा अलि ठूलो क्षेत्रमा लगानी गर्न हामीसंग पुँजी पनि भइसकेको छैन । उद्देश्य अनुसारको काम गर्न नपाउँदा हामी असन्तुष्ट छौँं । यसको मतलब उद्देश्य अनुसारको काम नगर्ने भन्ने चाँही होइन । बचत र ऋणको काम चाँही हामीले गरीरहेका छौंँ । धेरै सदस्य यसबाट लाभान्वीत भएका छन् । साना व्यवसायीलाई हामीले विशेष फोकस गरेका छौं । बैंकबाट ऋण लिन नसक्ने व्यवसायीहरु बढी मात्रामा लाभान्वीत भएका छन् ।
चन्द प्रसाद रिजाल
अध्यक्ष, दिगो पर्यटन सहकारी संस्था लिमिटेड, काठमाडौं
१९९८ देखि पर्यटन व्यवसायमा आवद्ध रिजाल पछिल्लो समयमा सहकारी व्यवसायमा पनि आवद्ध भएका छन् । होटल डेप्लोम्याटबाट पर्यटन व्यवसायमा उनी औपचारीक रुपमा व्यवसायमा लागेका हुन् । होटल व्यवसायलाई सहयोग पुग्ने गरी ट्राभल व्यवसायमा पनि संलग्न भए । उनले सि नेपाल ट्राभल स्थापना गरे । त्यपछि सि नेपाल ट्रेकिङ एण्ड एडभेन्चर पनि स्थापना गरे । त्यसपछि ५ वर्ष अघि अर्थात २०६८ माघ २४ गते दिगो पर्यटन सहकारी संस्था स्थापना गरे । उनी राष्ट्रिय पर्यटन व्यवसायी संगठनका पनि केन्द्रिय अध्यक्ष हुन् । प्रस्तुत छ, सहकारीका विविध पक्षमा केन्द्रीत रहेर सहकारीखबर डटकमका कार्यकारी सम्पादक काजी श्रेष्ठले गरेको कुराकानी ।
व्यवसाय छाड्नुपर्ने परिस्थितिबाट हामीमाथी उठाएका छौं । हामी पर्यटन क्षेत्रमा स्थापित सहकारीको रुपमा रहेका छौं । पर्यटन क्षेत्रमा २० देखि २५ सहकारी छन् । अरु सहकारीको तुलनामाहामी अगाडी रहेका छौं ।
पर्यटन सहकारी स्थापना गर्ने सोच कसरी आयो ?
विभिन्न संघ/संगठनमा आवद्ध भएर कामगरेँ । म सामाजिक चिन्तन पनि भएको मान्छे हुँ । समाजमा धेरै मानिस संग पनि सम्बन्ध भएको र केही साथीहरुले पर्यटन क्षेत्रमा सहकारीको आवश्यकता महशुस गर्नुभयो । सहकारी स्थापना गरौं भनेर बारम्बार कुरा गरीरहनु भयो । सबैको साथ हुने भएपछि गरौंन त भनेर मेरै नेतृत्वमा दर्ता भएको हो । धेरै मानिसहरुसंग बसेर उनीहरुको समस्याको चिन्तनमनन् गर्ने, समस्याबाट कसरी माथी उठ्न सकिन्छ ?, आर्थिक विकास कसरी गर्ने ?, आर्थिक लेनदेननै सहकारीको काम भएको हुनाले सहकारी स्थापना गरेका हौं ।
सहकारीको सदस्य बन्ने के कस्ता प्रावधान रहेको छ त ?
पहिला त सहकारीको कार्यक्षेत्र भित्र बस्नु पर्यो । काठमाडौंका १६, १५, २९, ३० र १ वडा भित्र । त्यसपछि पर्यटन क्षेत्रमा रहेको हुनुपर्छ । निवेदन दिईसके पछि कार्यसमितिले पर्यटन क्षेत्रमा छ वा छैन भनेर हेर्छ । त्यसपछि मात्र सदस्य बन्न पाउँछ ।
कती व्यवसायी सहकारीमा आवद्ध हुनुहुन्छ ?
४५ जनाबाट सहकारी शुरु भएको हो । हाल सम्म करिब १० हजार साना तथा ठूला व्यवसायी सदस्य रहेका छन् ।
सहकारी मार्फत पर्यटन व्यवसाय प्रवद्र्धनमा के कस्ता काम गर्दै आउनु भएको छ त ?
हामीले दिन पनि व्यवसाय प्रवद्र्धन कै लागि हो । कुनै व्यवसायी मर्कामा पर्यो भने उनीहरुलाई ऋण दिएर व्यवसाय उकास्ने हो । त्यसपछि उनीहरुको पैसा जम्मा गर्ने, बैंकमा भन्दा अलि राम्रो व्याज दिने हो । उसको बचत पनि सुरक्षित गर्ने हो । सदस्यले चाहेको बेला छिटो, छरितो र बैंकले भन्दा कम व्याजमा ऋण पायो भनेत व्यवसाय प्रवद्र्धन हुने नै भयो । सहकारीले अर्को भनेको सहकारी शिक्षा, तालिम दिने हो । यसमा हामी अगाडी नै छौं । सदस्यहरु मध्ये दुर्घटना भएर मृत्यु भएको खण्डमा हामीले २ लाखदिने दिने छौं ।
तर सहकारीले ठूलै लगानी गरेर पुर्नउत्थान गर्न ५/१० लाखदिने स्थिति चाँही हुँदैन । तर आगामी दिनमा त्यस्तो भएको खण्डमा व्यवसाय जोगाउन त्यस खालका केही कार्यक्रमको योजना चाँही रहेको छ ।
पर्यटन सहकारीले पनि केन्द्रीय संघ स्थापना गरेका छन् । त्यसमा आवद्ध हुनुहुन्छ ?
शुरुमा हामी लगायत विभिन्न सहकारी मिलेर केन्द्रीय संघ दर्ता गर्न लागेका थियौं । बुझ्दै जाँदा २५ वटा प्रारम्भिक सहकारी चाहिने रहेछ । त्यो समयमा २५ सहकारी पुगेन । तर संघ दर्ता भैसकेको छ भन्ने सुन्नमा आएको छ । तर त्यहाँ को–को सदस्य छन्, के के कामगर्दै आएको छ भन्ने बारेमा केही जानकारी पाएको छैन ।
सहकारीमा कती जनाले रोजगारी पाएका छन् त ?
सबै तहका गरी १५ जनाले रोजगारी पाएका छन् । एउटा संस्थाले १५ जनालाई जोजगारी दिने भनेको चानचुने कुरा होइन । यो प्रत्यक्ष रोजगारी मात्र हो । अप्रत्यक्ष रुपमा भने धेरैले रोजगारी पाएका छन् ।
संस्थाको भावी योजना के छ ?
हामी बचत तथा ऋणको मात्र कारोबार गर्न स्थापना भएका हैनौं । नेपालको पर्यटन व्यवसाय लाई केहीहद सम्म भए पनि माथी उठाउने काम गर्ने छौं । बचत तथा ऋणको कामको अलवा सहकारी ट्राभल, सहकारी ट्रेकिङ, पर्यटन अध्यापन गराउने कलेज, सहकारी यातायात संचालन गर्नेछौं । पूँजी बढाएर यस्ता काम गर्ने छौं । नमुना सहकारीको रुपमा हामी काम गर्ने छौं ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार