नेफ्स्कूनका सीईओ शिवजी सापकोटाको अन्तर्वार्ता
शिवजी सापकोटा
– प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून
स्थाइ घर काभ्रे पनौती भएका शिवजी सापकोटा क्षमतावान् युवा हुन् । पनौतीको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी क्षेत्रमा प्रवेश गरेका सापकोटा सहकारी क्षेत्रमा लागेको १७ वर्ष नाघिसकेको छ । २०५५ सालदेखि सहकारीमा प्रवेश गरेका उनी २०६३ साल भदौ १ गतेदेखि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा आवद्ध भएका हुन् । सापकोटाले सुरुमा क्यानडाको सहयोगमा नेफ्स्कूनले सञ्चालन गरेको बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत विकास परियोजनामा काम गरे । त्यसपछि बचत तथा ऋण सहकारी संस्थामा नीति कसरी लागू गर्ने ? भन्ने अर्को परियोजनामा काम गरे । २०११ देखि २०१४ मा बेलायती सरकारको सहयोगमा बचत तथा ऋणको कारोबार गर्ने अनौपचारिक समूहलाई कानुनी दायरामा ल्याउन नेफ्स्कूनले प्रमिस परियोजना चलायो । यी सबै परियोजना उनको नेतृत्वमा सञ्चालन भएका थिए । यी काम गरिरहँदा उनी नेफ्स्कूनमा सिनियर अधिकृत भैसकेका थिए ।
त्यसपछि अनुगमन, कार्यक्रम तथा विकास अधिकृत समेत भएर एक वर्ष काम गरे । यही १८ असारबाट उनलाई नेफ्स्कूनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्ती गरेको छ । प्रस्तुत छ नेफस्कूनका हरेक पक्षमा केन्द्रीत रहेको सहकारी खबर डटकमका कार्यकारी सम्पादक काजी श्रेष्ठले सापकोटासँग गरेको कुराकानी साेमबार दिउँसाे प्रकाशित गर्नेछौं ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
