२१ कात्तिक २०८३, शनिवार

नेफ्स्कूनका सीईओ शिवजी सापकोटाको अन्तर्वार्ता

२०७२ साउन ३, आईतवार
नेफ्स्कूनका सीईओ शिवजी सापकोटाको अन्तर्वार्ता

शिवजी सापकोटा
– प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून
स्थाइ घर काभ्रे पनौती भएका शिवजी सापकोटा क्षमतावान् युवा हुन् । पनौतीको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी क्षेत्रमा प्रवेश गरेका सापकोटा सहकारी क्षेत्रमा लागेको १७ वर्ष नाघिसकेको छ । २०५५ सालदेखि सहकारीमा प्रवेश गरेका उनी २०६३ साल भदौ १ गतेदेखि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा आवद्ध भएका हुन् । सापकोटाले सुरुमा क्यानडाको सहयोगमा नेफ्स्कूनले सञ्चालन गरेको बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत विकास परियोजनामा काम गरे । त्यसपछि बचत तथा ऋण सहकारी संस्थामा नीति कसरी लागू गर्ने ? भन्ने अर्को परियोजनामा काम गरे । २०११ देखि २०१४ मा बेलायती सरकारको सहयोगमा बचत तथा ऋणको कारोबार गर्ने अनौपचारिक समूहलाई कानुनी दायरामा ल्याउन नेफ्स्कूनले प्रमिस परियोजना चलायो । यी सबै परियोजना उनको नेतृत्वमा सञ्चालन भएका थिए । यी काम गरिरहँदा उनी नेफ्स्कूनमा सिनियर अधिकृत भैसकेका थिए ।
त्यसपछि अनुगमन, कार्यक्रम तथा विकास अधिकृत समेत भएर एक वर्ष काम गरे । यही १८ असारबाट उनलाई नेफ्स्कूनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्ती गरेको छ । प्रस्तुत छ नेफस्कूनका हरेक पक्षमा केन्द्रीत रहेको सहकारी खबर डटकमका कार्यकारी सम्पादक काजी श्रेष्ठले सापकोटासँग गरेको कुराकानी साेमबार दिउँसाे प्रकाशित गर्नेछौं ।

अभिलेख

लोकप्रिय