२१ कात्तिक २०८३, शनिवार

आज ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस

२०७२ असार १९, शनिवार
आज ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस

काठमाडौं । आज जुलाई महिनाको पहिलो शनिबार अर्थात असार १९ गते । आजकै दिनबाट सन् १८४४ मा बेलायतको रोचडेलबाट सहकारी अभियान शुरुभएको थियो ।

विश्वभर विविध कार्यक्रम गरि ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउदैंछ । सहकारी अभियानको अन्तर्राष्ट्रिय छाता संगठन अन्तर्राष्ट्रिय सहकारी महासंघले ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सदस्यहरुलाई आग्रह गरेको छ । महासंघले यस वर्ष “सहकारी रोजौं, समानता रोजौं” भन्ने नारा तय गरेको छ ।

यस दिवस नेपालमा पनि मनाइदै छ । सहकारी संघ संस्थाको छाता निकाय राष्ट्रिय सहकारी संघले एक कार्यक्रमको बीच मनाउँदै छ । संघले अर्थमन्त्री डा रामशरण महतको प्रमुख अतिथिमा ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस समारोह आयोजना गरेको छ ।

सम्पूर्ण सहकारीकर्मीहरुमा http://www.sahakarikhabar.com/ काे तर्फबाट ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसकाे शुभकामना ।

अभिलेख

लोकप्रिय