२२ कात्तिक २०८३, आईतवार

निर्वाचनका लागि तीनवटै प्यानल तयार

२०७२ असार ९, बुधबार
निर्वाचनका लागि तीनवटै प्यानल तयार

काठमाडौं । १७ असारमा हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि तीनवटै समूहको प्यानल तयार भएको छ । संघको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट लोकतान्त्रिक वैदेशिक रोजगार फोरम, नेकपा एमाले समर्थक प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र फोरमका पूर्वअध्यक्ष एंव वर्तमान सल्लाहकार किरणकिशोर मिघिरेले स्वतन्त्र व्यवसायी भनेर उम्मेदवारी दिएका छन् ।

फोरमले ‘वैदेशिक रोजगार व्यवसायीको सुनौलो काल, अबको सक्षम समूहको नेतृत्वमा विमल ढकाल ।’ भन्ने नाराको साथ ढकालको प्यानलले उम्मेदवारी दिएको छ । फोरमबाट अध्यक्ष पदका प्रत्यासी खगोल ओभरसिज प्रालिका विमल ढकाल, प्रथम उपाध्यक्ष कुमुद खनाल, द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्ष भगिरथ राई(रमेश),महासचिव कमल तामाङ, सचिव विनोदजंग केसी र कोषाध्यक्ष प्रतिमा महर्जनले उम्मेदवारी दिएका छन् । त्यस्तै, फोरमका तर्फबाट सदस्य पदमा राजेशशंकर बिक, सोम तामाङ, प्रकाश आचार्य, दीपक सिंजाली, पुष्पराज चौलागाई, असगर अलि, तेजमाया लिम्बू, चेतुबाबा पोखरेल, रामबहादुर लामा र मचिन्द्रनाथ शेर्मा रहेका छन् ।
यस्तै संघको निर्वाचनमा मञ्चको तर्फबाट अध्यक्षमा सरोज पोखरे, प्रथम उपाध्यक्ष गोविन्दप्रसाद थपलिया, द्वितीय उपाध्यक्ष हरि पाण्डे क्षत्री, तृतिय उपाध्यक्ष मुक्ति नाथ अधिकारी, महासचिव रोहन गुरुङ, सचिव राजेन्द्र भण्डारी र कोषाध्यक्षमा हरिप्रसाद थापा रहेका छन् । यस्तै, सदस्यमा डिकबहादुर खत्री ‘कुमार केसी’, रमिला ताम्राकार, जनक रावल, गोविन्दबहादुर कटुवाल, शुक्र पाख्रिन, रोशन कटुवाल, रामहरि थापा, सरस्वती गुरुङ र मिलन कटेल रहेका छन् । दुई राजनीति पार्टीका भातृ संगठतन भए पनि आपूmलाई स्वातन्त्र व्यवसायीका रूपमा अघि सार्दै आएको मिघिरे समूहको पनि प्यानल तयार भएको छ । घिमिरे समूहबाट कञ्चन ह्युमन रिसोर्सेज प्रालिका सञ्चालक किरणकिशोर घिमिरेले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् भने प्रथम उपाध्यक्ष शमशेरबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष राधिका कटुवाल, तृतीय उपाध्यक्ष नवलकिशोर यादव, महासचिव सुजित श्रेष्ठ, सचिव नरेन्द्र ढकाल, कोषाध्यक्ष नरबहादुर पुनले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सदस्यहरूमा बलराज तामाङ, विष्णु न्यौपाने, डिल्लीराम भुजेल, लेखनाथ पोख्रेल, लक्ष्मण गुरुङ, मोहम्मद रजा, निर्मल राय,साजन कटुवाल, सञ्जय देवकोटा र सञ्जु गुरुङ रहेका छन् । संघको निर्वाचनका लागि दुवै राजनीतिक दलहरूले पार्टीका सम्बन्धित विभाग प्रमुखलाई नै खटाएको छ । कांग्रेसले लक्ष्मी राई र एमालेले प्रकाश ज्वालालाई पठाएको अाजकाे साैर्य दैनिकमा खबर छ ।
कारबाहीको चेतावनी
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार विभाग प्रमुख लक्ष्मी राईले लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष किरण किशोर घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने बताएकी छिन् । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा घिमिरे समूहले जितेको खण्डमा पार्टीले उक्त समूहलाई अस्वीकार गर्नेसमेत उद्घोष गरिन् ।
‘संघको १७ असारमा हुने निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था फोरमले विमल ढकाललाई मात्र अध्यक्षको उम्मेदवार बनाएको छ,’ राईले भनिन्, पूर्वअध्यक्ष घिमिरेले आपू पनि फोरमबाट अध्यक्षको उम्मेदवार हो भनेर प्रचारबाजी गर्ने गरेको पाइए पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही हुन्छ ।’ प्रेस युनियनद्वारा आयोजित फोरमको आधिकारिक उम्मेदवार विमल ढकाल समूहको उम्मेदवारी घोषणा तथा पत्रकार भेटघाटमा उक्त कुरा बताएकी हुन् । कार्यक्रममा केन्द्रीय सदस्य गुरु घिमिरेले कांग्रेसको आधिकारिक उम्मेदवार विमल ढकाल भएको भन्दै घिमिरेप्रति लक्षित गर्दै कोही कसैले आफ्नो नाम फोरमसँग जोडेर प्रचारप्रसार गरेको खण्डमा त्यस्ता व्यक्तिलाई तत्काल कारबाही गर्ने दाबी गरे ।

अभिलेख

लोकप्रिय