नेफ्स्कून अनियमितिता फलोअप : धान खाने मुसो, चोट पाउने गंगटो
– काजी श्रेष्ठ /
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) फिल्ड कार्यालय चितवनमा भएको अनियमितता प्रकरण ‘धान खाने मुसो चोट पाउने गंगटो’जस्तै भएको छ ।
नेफ्स्कून चितवन शाखामा भएको ५५ लाख २९ हजार ६ सय ५३ रुपैयाँ ६७ पैसा अनियमितता प्रकरणमा सोही कार्यालयमा कार्यरत दुई कर्मचारीले भने विनाकसूर जागिरबाट हात धुनु परेको छ ।
अनियमितता प्रकरणमा फिल्ड कार्यालय प्रमुख रामबाबु अधिकारीको संलग्नता भएपनि छानविनका लागि उनीसँगै निलम्बनमा परेकी कृष्णकला तिवारी र भूमिरण ढुङ्गानाले भने सँधैका लागि जागिर गुमाउनुपरेको छ । उक्त अनियमितता प्रकरणको छानविनकालागि केन्द्रीय कार्यालयबाट खटिएको छानविन टोलीले अधिकारीमात्रै दोशी भएको ठहर गरेको थियो । कार्यालय प्रमुख मात्र अनियमिततामा संलग्न भएको पाइए पनि उनीहरु अनियमिततामा नभेटिएको भएपनि संघले भने उनलाई जागिरबाट हटाएको पत्र थमाएको हो ।
५५ लाख रुपैयाँ अनियमितता भएको खुलासा भएपछि म्यानेजर अधिकारी र तिवारीलाई छानविनका लागि केही समयका लागि निलम्बन गरिएको थियो । आफूले उक्त प्रकरणमा कतै नसघाएको जिकिर गर्दै आएकी तिवारीलाई केन्द्रीय कार्यालयबाट सफाई पाइ सकेका थिईन । अनियमिततामा संलग्न नभएको पाइएपनि उनलाई निलम्बनमा परेको मिति देखिनै लागू हुनेगरी अवकाशपत्र थमाएको तिवारी बताउँछिन् ।
तिवारीलाई केन्द्रीय कार्यालयले गत मंसिर १ गते बिहान १० बजे देखि अर्को व्यवस्था नभएसम्मका लागि निलम्बन गरेको थियो । तर उनलाई केन्द्रीय कार्यालयले पुस ३० गते सेवाबाट हटाईएको पत्र काटेको थियो । सो पत्रमा निलम्बन गरेकै मिति अर्थात मंसिर १ गते देखि कर्मचारी नियमावली अनुसार हटाईएको उल्लेख गरेको छ । केन्द्रीय कार्यालयले करार सेवा सकिएपछि असोज १ गते देखि पौष मसान्त सम्मका लागि सेवा थप गरेको थियो । तर केन्द्रीय कार्यालयले भने नाटकीय शैलिमा पौष ३० गतेनै सेवाबाट हटाईएको पत्र काटेको तर एक महिना अघिबाटनै सेवाबाट हटाईएको उल्लेख गराएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का निमित्त प्रमुख कार्यकारी अधिकृत शिव अधिकारीका अनुसार उनीलाई कर्मचारी प्रशासन नियमावली दफा १०६ को (ग) बमोजित हटाईएको बताए । केन्द्रीय कार्यालयले उनीलाई २०६९ साउन ८ देखि भएको आर्थिक हिनामिनामा अनविज्ञ रहनु भएको व्यहोरा प्रस्तुत गर्नुभएको, श्री आत्मा निर्भर बचत तथा ऋण सहकारी संस्थालाई १८ लाख नभई ९ लाख मात्र ऋण स्विकृत गरेको थाहा भएको व्यहोरा जानकारी दिनु भएको र स्टेशनरी हकमा दैनिक विक्रिको रकम बुझ्ने गर्नु भई तर बुझेकै दिन कार्यालयमा जम्मा नगरी नियम नियम विपरित अपचलन गरेको देखिएकाले निलम्बन गरेको बुझिएको छ । तर तिवारीका अनुसार स्टेशनरीको विक्रि रकम महिनाको अन्तिम दिन हिसाब गरी प्रमुखलाई बुझाउने नियम अनुसार महिनाको अन्तिम दिन बुझाउने गरेको बताउँछिन् ।
साैर्य दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, आफ्नो कुनै कसूर नभए पनि सस्थामा भएको अनियमितता छानविनका लागि गरिएको निलम्बन स्वीकार्य भए पनि विनाकारण सेवाबाटै अवकाश दिइनु भने अन्याय भएको तिवारीको गुनासो छ । उनले आफूले कुनै कसूर नगरी दिइएको अवकाश एउटा श्रमजीवि माथिको शोसणका रुपमा लिएको बताइन ।
छानविन समिति र फिल्ड प्रमुखले समेत आफू निर्दोश भएको बताइसक्दा आफूलाई अवकाश दिइएकोमा आश्चर्य व्यक्त गर्दै उनले १२ वर्षको आफ्नो श्रमपशिनाको उचित न्यायका लागि श्रम अदालतसम्म पुग्ने बताएकीछिन् । कार्यालय प्रमुखले अनियमितता रकम पटक पटक गरी बुझाउँदै आएका छन् । अझै सम्म सो रकम असुल्न नेफ्स्कूनले सकेको छैन । स्रोतका अनुसार उनलाई सो रकम ऋणमा परिणत गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
