२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून अनियमितिता फलोअप : धान खाने मुसो, चोट पाउने गंगटो

२०७२ असार ९, बुधबार
नेफ्स्कून अनियमितिता फलोअप : धान खाने मुसो, चोट पाउने गंगटो

– काजी श्रेष्ठ /

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) फिल्ड कार्यालय चितवनमा भएको अनियमितता प्रकरण ‘धान खाने मुसो चोट पाउने गंगटो’जस्तै भएको छ ।

नेफ्स्कून चितवन शाखामा भएको ५५ लाख २९ हजार ६ सय ५३ रुपैयाँ ६७ पैसा अनियमितता प्रकरणमा सोही कार्यालयमा कार्यरत दुई कर्मचारीले भने विनाकसूर जागिरबाट हात धुनु परेको छ ।

अनियमितता प्रकरणमा फिल्ड कार्यालय प्रमुख रामबाबु अधिकारीको संलग्नता भएपनि छानविनका लागि उनीसँगै निलम्बनमा परेकी कृष्णकला तिवारी र भूमिरण ढुङ्गानाले भने सँधैका लागि जागिर गुमाउनुपरेको छ । उक्त अनियमितता प्रकरणको छानविनकालागि केन्द्रीय कार्यालयबाट खटिएको छानविन टोलीले अधिकारीमात्रै दोशी भएको ठहर गरेको थियो । कार्यालय प्रमुख मात्र अनियमिततामा संलग्न भएको पाइए पनि उनीहरु अनियमिततामा नभेटिएको भएपनि संघले भने उनलाई जागिरबाट हटाएको पत्र थमाएको हो ।

५५ लाख रुपैयाँ अनियमितता भएको खुलासा भएपछि म्यानेजर अधिकारी र तिवारीलाई छानविनका लागि केही समयका लागि निलम्बन गरिएको थियो । आफूले उक्त प्रकरणमा कतै नसघाएको जिकिर गर्दै आएकी तिवारीलाई केन्द्रीय कार्यालयबाट सफाई पाइ सकेका थिईन । अनियमिततामा संलग्न नभएको पाइएपनि उनलाई निलम्बनमा परेको मिति देखिनै लागू हुनेगरी अवकाशपत्र थमाएको तिवारी बताउँछिन् ।

तिवारीलाई केन्द्रीय कार्यालयले गत मंसिर १ गते बिहान १० बजे देखि अर्को व्यवस्था नभएसम्मका लागि निलम्बन गरेको थियो । तर उनलाई केन्द्रीय कार्यालयले पुस ३० गते सेवाबाट हटाईएको पत्र काटेको थियो । सो पत्रमा निलम्बन गरेकै मिति अर्थात मंसिर १ गते देखि कर्मचारी नियमावली अनुसार हटाईएको उल्लेख गरेको छ । केन्द्रीय कार्यालयले करार सेवा सकिएपछि असोज १ गते देखि पौष मसान्त सम्मका लागि सेवा थप गरेको थियो । तर केन्द्रीय कार्यालयले भने नाटकीय शैलिमा पौष ३० गतेनै सेवाबाट हटाईएको पत्र काटेको तर एक महिना अघिबाटनै सेवाबाट हटाईएको उल्लेख गराएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का निमित्त प्रमुख कार्यकारी अधिकृत शिव अधिकारीका अनुसार उनीलाई कर्मचारी प्रशासन नियमावली दफा १०६ को (ग) बमोजित हटाईएको बताए । केन्द्रीय कार्यालयले उनीलाई २०६९ साउन ८ देखि भएको आर्थिक हिनामिनामा अनविज्ञ रहनु भएको व्यहोरा प्रस्तुत गर्नुभएको, श्री आत्मा निर्भर बचत तथा ऋण सहकारी संस्थालाई १८ लाख नभई ९ लाख मात्र ऋण स्विकृत गरेको थाहा भएको व्यहोरा जानकारी दिनु भएको र स्टेशनरी हकमा दैनिक विक्रिको रकम बुझ्ने गर्नु भई तर बुझेकै दिन कार्यालयमा जम्मा नगरी नियम नियम विपरित अपचलन गरेको देखिएकाले निलम्बन गरेको बुझिएको छ । तर तिवारीका अनुसार स्टेशनरीको विक्रि रकम महिनाको अन्तिम दिन हिसाब गरी प्रमुखलाई बुझाउने नियम अनुसार महिनाको अन्तिम दिन बुझाउने गरेको बताउँछिन् ।

साैर्य दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, आफ्नो कुनै कसूर नभए पनि सस्थामा भएको अनियमितता छानविनका लागि गरिएको निलम्बन स्वीकार्य भए पनि विनाकारण सेवाबाटै अवकाश दिइनु भने अन्याय भएको तिवारीको गुनासो छ । उनले आफूले कुनै कसूर नगरी दिइएको अवकाश एउटा श्रमजीवि माथिको शोसणका रुपमा लिएको बताइन ।

छानविन समिति र फिल्ड प्रमुखले समेत आफू निर्दोश भएको बताइसक्दा आफूलाई अवकाश दिइएकोमा आश्चर्य व्यक्त गर्दै उनले १२ वर्षको आफ्नो श्रमपशिनाको उचित न्यायका लागि श्रम अदालतसम्म पुग्ने बताएकीछिन् । कार्यालय प्रमुखले अनियमितता रकम पटक पटक गरी बुझाउँदै आएका छन् । अझै सम्म सो रकम असुल्न नेफ्स्कूनले सकेको छैन । स्रोतका अनुसार उनलाई सो रकम ऋणमा परिणत गरिएको छ ।

अभिलेख

लोकप्रिय