२२ कात्तिक २०८३, आईतवार

३७ सहकारी संस्थाको दर्ता खारेज

२०७२ असार ८, मङ्गलबार
३७ सहकारी संस्थाको दर्ता खारेज

लहान । डिभिजन सहकारी कार्यालय लहानले लामो समयसम्म कुनै कारोबार नगर्ने सिरहा र सप्तरीका तीन दर्जनभन्दा बढी सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

दर्ता भएको १० वर्षभन्दा बढी समयसम्म पनि कुनै कारोबार नगरेको भन्दै सहकारी डिभिजन कार्यालय लहानले सिरहाका १९ वटा र सप्तरीको १८ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नदेखाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको सहायक सहकारी निरीक्षक फणिन्द्र विश्वकर्माले जानकारी दिए ।

यसअघि गत वर्ष पनि सहकारी डिभिजन कार्यालय लहानले सिरहाको छ वटा र सप्तरीको १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको थियो ।

कार्यालयका अनुसार सिरहामा ६३१ वटा र सप्तरीमा ५९१ वटा सहकारी संस्थाको दर्ता छ । सहकारी डिभिजन कार्यालय लहानले सिरहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय