२२ कात्तिक २०८३, आईतवार

सामुदायिक स्वास्थ्य क्लिनिक स्तरोन्नतिको लागि चार करोड सहयोग

२०७२ असार ८, मङ्गलबार
सामुदायिक स्वास्थ्य क्लिनिक स्तरोन्नतिको लागि चार करोड सहयोग

काठमाडौं । भारत सरकारको ४ करोड १९ लाख ५ हजार लागतमा सम्पन्न हुने काठमाण्डौ जिल्लाको धर्मकीर्ति बिहार संरक्षण कोषको धर्मकीर्ति सामुदायिक स्वास्थ्य क्लिनिक स्तरोन्नतिको शिलान्यास भएको छ । सो क्लिनिकको शिलान्यास जुन २३ मा आयोजित एक समारोहमा भारतीय राजदूत रणजीत राय र भिक्षुणी धम्मावती गुरुमाले गरेका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागले धर्मकीर्ति विहार संरक्षण कोषसँगको सहकार्य र समन्वयमा यो परियोजना कार्यान्वयन गर्नेछ । २४ सेप्टेम्वर २०१४ मा भारतीय राजदूतावास काठमाडाै‌ं, सहरी विकास तथा भवन निर्माण विभाग र धर्मकीर्ति बिहार संरक्षण कोषबीच धर्मकीर्ति बिहार संरक्षण कोषको धर्मकीर्ति सामुदायिक स्वास्थ्य क्लिनिक स्तरोन्नतिको लागि एक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

samudaik3
धर्मकीर्ति बिहार संरक्षण कोष काठमाण्डौ जिल्लाका नेवार समुदायमा आधारित सामाजिक तथा सांस्कृतिक संस्था हो । कोषले स्थानीय समुदायका सदस्यहरु तथा भिक्षु एवम् भिक्षुणीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले १९९८ मा स्वास्थ्य क्लिनिक स्थापना गरेको हो । बढ्दो स्वास्थ्य सम्बन्धि सेवाहरु प्रदान गर्न क्लिनिकको बर्तमान पुर्वाधार अपर्याप्त छ । बहिरंग बिरामीलाई समेट्नेगरी निर्माण गरिने नयाँ पूर्वाधारबाट स्थानीय समुदायले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । यसप्रकार स्थानीय जनताहरु लाभान्वित हुनेछन् । भारतीय राजदूतावास र भारत सरकार नेपालका बृहत समुदायको हीतको लागि संचालित यस परियोजनामा सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताएको छ ।

samudaik2

यस बाहेक भारत सरकारको सहयोगमा काठमाण्डौ जिल्लामा २२ करोड ३ लाखको लागतमा ११ परियोजना सम्पन्न भैसकेका छन् भने ४५ करोड ४५ लाखको लागतमा अन्य ११ परियोजनाहरु सुचारु रहेका छन् । भारतले ३८ ओटा एम्बुलेन्स, ३ ओटा विशेष मेडिकल भ्यान तथा ३२ ओटा स्कूल बससमेत काठमाडौं जिल्लाका विभिन्न संघसंस्थाहरुलाई प्रदान गरिसकेको छ । यस बाहेक भारतले नेपालका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनर्निमाण, पुनर्उत्थान तथा मर्मतको लागि ३० करोड सहयोग प्रदान गरिसकेको छ ।

अभिलेख

लोकप्रिय