सामुदायिक स्वास्थ्य क्लिनिक स्तरोन्नतिको लागि चार करोड सहयोग
काठमाडौं । भारत सरकारको ४ करोड १९ लाख ५ हजार लागतमा सम्पन्न हुने काठमाण्डौ जिल्लाको धर्मकीर्ति बिहार संरक्षण कोषको धर्मकीर्ति सामुदायिक स्वास्थ्य क्लिनिक स्तरोन्नतिको शिलान्यास भएको छ । सो क्लिनिकको शिलान्यास जुन २३ मा आयोजित एक समारोहमा भारतीय राजदूत रणजीत राय र भिक्षुणी धम्मावती गुरुमाले गरेका हुन् ।
सहरी विकास तथा भवन निर्माण विभागले धर्मकीर्ति विहार संरक्षण कोषसँगको सहकार्य र समन्वयमा यो परियोजना कार्यान्वयन गर्नेछ । २४ सेप्टेम्वर २०१४ मा भारतीय राजदूतावास काठमाडाैं, सहरी विकास तथा भवन निर्माण विभाग र धर्मकीर्ति बिहार संरक्षण कोषबीच धर्मकीर्ति बिहार संरक्षण कोषको धर्मकीर्ति सामुदायिक स्वास्थ्य क्लिनिक स्तरोन्नतिको लागि एक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

धर्मकीर्ति बिहार संरक्षण कोष काठमाण्डौ जिल्लाका नेवार समुदायमा आधारित सामाजिक तथा सांस्कृतिक संस्था हो । कोषले स्थानीय समुदायका सदस्यहरु तथा भिक्षु एवम् भिक्षुणीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले १९९८ मा स्वास्थ्य क्लिनिक स्थापना गरेको हो । बढ्दो स्वास्थ्य सम्बन्धि सेवाहरु प्रदान गर्न क्लिनिकको बर्तमान पुर्वाधार अपर्याप्त छ । बहिरंग बिरामीलाई समेट्नेगरी निर्माण गरिने नयाँ पूर्वाधारबाट स्थानीय समुदायले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । यसप्रकार स्थानीय जनताहरु लाभान्वित हुनेछन् । भारतीय राजदूतावास र भारत सरकार नेपालका बृहत समुदायको हीतको लागि संचालित यस परियोजनामा सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताएको छ ।
यस बाहेक भारत सरकारको सहयोगमा काठमाण्डौ जिल्लामा २२ करोड ३ लाखको लागतमा ११ परियोजना सम्पन्न भैसकेका छन् भने ४५ करोड ४५ लाखको लागतमा अन्य ११ परियोजनाहरु सुचारु रहेका छन् । भारतले ३८ ओटा एम्बुलेन्स, ३ ओटा विशेष मेडिकल भ्यान तथा ३२ ओटा स्कूल बससमेत काठमाडौं जिल्लाका विभिन्न संघसंस्थाहरुलाई प्रदान गरिसकेको छ । यस बाहेक भारतले नेपालका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनर्निमाण, पुनर्उत्थान तथा मर्मतको लागि ३० करोड सहयोग प्रदान गरिसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार

