२२ कात्तिक २०८३, आईतवार

सहकारी पीडितले गरे राष्ट्रिय सहकारी संघ घेराउ

२०७२ असार ६, आईतवार
सहकारी पीडितले गरे राष्ट्रिय सहकारी संघ घेराउ

ललितपुर । ओरियन्टल सहकारीपीडितले ललितपुर स्थित राष्ट्रिय सहकारी संघको कार्यालयमा घेराउ गरेका छन् ।

सरकारले जारी गरेको सहकारी अध्यादेश संघले विरोध गरेको भन्दै संघ घेराउ गरेका हुन् । ओरियन्टल सहकारीमा डुबेको निक्षेप र सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयनमा ल्याउन दबाब दिने गरी पीडितहरुले कार्यालय घेराउ गरेको हो ।

सहकारीको समस्या समाधानार्थ सरकारले कानुन बनाउन खोजेपनि केही दिनअघि संघले उक्त कानुनको विरोध गरेको थियो । सहकारीपीडितहरुले आफ्नो पीडामा संघले झन नुनचुक छर्केको भन्दै संघमा धर्ना दिएका हुन् ।

सहकारीपीडितहरुले असार १ गते राष्ट्रपति कार्यालयअगाडि साढे तीन घण्टा धर्ना दिएका थिए ।

अभिलेख

लोकप्रिय