२२ कात्तिक २०८३, आईतवार

नवलपरासीमा सहकारी एकिकरण, आवश्यकता र अपरिहार्यता विषयक कार्यशाला गोष्ठी

२०७२ असार ६, आईतवार
नवलपरासीमा सहकारी एकिकरण, आवश्यकता र अपरिहार्यता विषयक कार्यशाला गोष्ठी

नवलपरासी । सहकारी संस्थाको एकिकरण, आवश्यकता र अपरिहार्यता विषयक एक दिने कार्यशाला गोष्ठी शनिवार बिजय विकास स्रोत केन्द्रको चेतना सदन गैंडाकोटमा सम्पन्न भएको छ ।

विकू बचत तथा ऋण सहकारी गैडाकोट र नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघको संयुक्त आयोजना रहेको कार्यक्रममा गैडाकोट, देवचुली, कावासोती नगरपालीका, र रजहर गाविस क्षेत्रका ४५ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विकू सहकारीका अध्यक्ष हरिलाल सापकोटाले सहकारीमा दोहोरो सदस्यता धेरै रहेका संस्थाबाट एकिकरण सुरु गर्दा उपयूक्त हुने बताए । कानुनी प्राबधान नबुझि सहकारी एकिकरण गर्न कठिन हुने भएकाले कार्यशाला गोष्ठी आयोजना गरिएको समेत स्पष्ट पारे ।

कार्यक्रममा एकिकरणको आबश्यकता र औचित्य विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष ऋषिराज घिमीरेले सहकारी एकिकरणले संस्थाहरुलाई बलियो बन्न सघाउने बताए । त्यस्तै डिभीजन सहकारी कार्यालय नवलपरासीका प्रमुख अधिकृत बासुदेब भट्टराइले गुणात्मक विकासको लागि एकिकरणको आवश्यकताको विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी संस्थाहरुले एकिकरणको कुरा गरेपनि कार्यान्वययन हुन नसकेको बताए । त्यस्तै नेफ्स्कूनका संचालक सदस्य दामोदर अधिकारीले सदस्यहरुको जिवनमा पैसाको विवेकपूर्ण प्रयोगले परिवर्तन ल्याउने कार्य गर्न नसकेको बताए ।

नवलपरासी जिल्ला बचत तथा तथा ऋण सहकारी संघका रामप्रकास सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका संचालक इन्द्रराज ज्योती पौडेल, शान्ति अधिकारी, सहकारी प्रशिक्षण तथा डिभिजन सहकारी कार्यालय चितवनका प्रमुख केशव थापा, कावासोती नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पन्थी, बिजय बिकास स्रोत केन्द्रका अध्यक्ष बसन्तराज लम्साल र विकू बचतका पूर्ब अध्यक्ष नारायण सापकोटाको उपस्थिती रहेको थियो ।

अभिलेख

लोकप्रिय