धुमधामका साथ मनाइयो प्रथम अन्तर्राष्ट्रिय योग दिवश
काठमाडौं । आइतबार नेपालमा पनि प्रथम अन्तर्राष्ट्रिय योग दिवश धुमधामका साथ मनाइएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावास प्राङ्गणमा उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा योग दिवश मनाइएको हो ।
अन्तर्राष्ट्रिय योग दिवशको अवसरमा राजदूतावासको फेसबुक पेजमार्फत दैनिक योगसम्बन्धि हाजिरीजवाफ गरिनुको साथै निवन्ध तथा चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । नियोगले योग सम्बन्धि पुस्तक योग सन्देश प्रकाशन समेत गरेको छ । उक्त पुस्तक उपराष्ट्रपति झा तथा नेपालका लागि भारतीय राजदूत राजदूत रायले संयुक्त रूपमा विमोचन गरेका थिए ।

योग दिवशका अवसरमा विमोचित पुस्तकमा योगसम्बन्धि विद्वानहरूको लेख रचना तथा प्रतियोगी पाँच ओटा उत्कृष्ट निवन्ध र पाँच ओटा उत्कृष्ट चित्रकला समेत समेटिएका छन् । कार्यक्रममा ३० मिनेटको प्रणायाम योगाभ्यास गरिनुको साथै योग विद्वान स्वामी अरुण आनन्द, आईएएचभीका निर्देशक निरज कोहली तथा पताञ्जली योगपीठका प्रमुख लभदेव मिश्रले योगको इतिहास, सिद्धान्त, वैज्ञानिक र व्यवहारिक पक्ष लगायत विषयमा मन्तव्य दिएका थिए । उप राष्ट्रपति र राजदूतले पनि दैनिक जीवनमा योगको महत्वका बारेमा प्रकाश पारेका थिए ।

योग दिवशमा नेपालका कलाकारहरु मनिशा कोइराला, मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य, माला लिम्बु लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता थियो । केन्द्रीय विद्यालयका विद्यार्थीहरु, भारतीय राजदूतावासका कर्मचारी र तिनका परिवार साथै नेपालका पताञ्जली योगाश्रम, मनोक्रान्ति योग केन्द्र, अरोविन्दो योगाश्रम, आर्ट अफ लिभिङ, माइण्ड एण्ड म्यानेजमेन्ट, ओशो तपोवन, हिमालय अनतर्राष्ट्रिय योग प्रतिष्ठान तथा केही नेपाल भारत मैत्री संस्थाहरुको उक्त अवसरमा उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय योग दिवश नेपालका अन्य भागहरुमा पनि मनाइएको छ । पहिलो अन्तर्राष्ट्रिय योग दिवश मनाउनको लागि काठमाण्डौका १६ संस्थाहरु प्रत्यक्षरुपमा राजदूतावाससँग जोडिएका थिए । नेपालका उत्कृष्ट व्यक्तित्वहरु सम्मिलित समारोहमा नेपाल भारत मैत्री समाजका सदस्यहरु, प्रमुख योग केन्द्रका सदस्यहरु, नेपाल सरकार, भारतीय राजदूतावास तथा केन्द्रीय विद्यालयका प्रतिनिधि, पत्रकार गरी आठ सय भन्दा बढिको सहभागिता थियो ।

अन्तर्राष्ट्रिय योग दिवश मनाउनको लागि बीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी र पोखरामा पनि मनाइएको हाम्रा संवाददाताले जनाएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
