सहकारी क्षेत्रमा भूकम्पले पुर्याएको क्षतिको विवरण अझै आएन
रुद्रराज योगी-
काठमाडौं । विनाशकारी भूकम्प गएको डेढ महिना वित्दा पनि सहकारी क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । सरकारी निकाय र सहकारी अभियान एक आपसमा सहकार्य नगर्दा पूर्ण विवरण आउन ढिलाई भएको हो । सहकारी संघ/संस्था समेत छुट्टा छुट्टै रुपमा विवरण संकलनमा लागेका छन् ।
राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ, नेपाल कृषि सहकारी केन्द्रीय संघका साथै जिल्लाका संघहरु क्षतिको विवरण संकलन गरिरहेको छ । यि निकायले आ आफ्नै तरिकाबाट विवरण संकलन गरेका कारण छुट्टा छुट्टै विवरण आउने निश्चित छ । धेरै वटा संघ/संस्थाले छुट्टाछुट्टै रुपमा क्षतिको विवरण भर्न भन्दै फारम पठाएपछि सहकारी क्षेत्रमा थप अन्यौल बढेको एक सहकारीकर्मीले बताए ।
सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार हाल सम्म एक सय सहकारी संस्थाको कार्यालयमा क्षति पुगेको तथ्याङ्क आएको प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिए । ‘कुन जिल्लामा के कति क्षति भएको भनेर विवरण संकलन भईरहेको छ’ पोखरेलले भने, ‘केही समय पछि पूर्ण विरण आउने छ ।’ नुवाकोट र दोलखामा रहेको डिभिजन सहकारी कार्यालयमा पनि क्षति पुगेको उनले जानकारी दिए ।
राष्ट्रिय सहकारी संघले संकलन गरेको विवरण अनुसार काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, काठमाडौं, ललितपुर, भक्तपुर जिल्लामा नौ सय जना सहकारीका सदस्यका मृत्यु भएको छ ।
संघले दिएको विवरण अनुसार बचत तथा ऋण सहकारीका २ सय ९३ कार्यालय, साना किसान कृषि सहकारी ७२, दुग्ध उत्पादक सहकारी १ सय ८, कफी उत्पादक सहकारी ७, चिया उत्पादक सहकारी १, तरकारी तथा फलफूल सहकारी १०, जुनार सहकारी ११, संचार सहकारी ५, बहुउद्देश्यीय सहकारी ५ र अन्य सहकारीका ६ कार्यालयमा क्षति पुगेको छ ।
त्यस्तै भूकम्पका कारण हाल सम्मको विवरण अनुसार ६८ करोड ६९ लाख ६२ हजार ७४ रुपैंया बराबरको क्षति पुगेको संघका वरिष्ठ प्रवन्धक चित्रा कुमारी सुब्बाले जानकारी दिईन । विवरण अनुसार बचत तथा ऋण सहकारीमा १२ करोढ ३८ लाख ६९ हजार ३७ रुपैंया बराबरको क्षति पुगेको छ । त्यस्तै साना किसान कृषि सहकारी ७ करोड २० लाख रुपैंया, दुग्ध उत्पादक सहकारी ४ करोड २८ लाख रुपैंया, कफी उत्पादक सहकारी २३ करोड ८६ लाख ६९ हजार ३७ रुपैंया, चिया उत्पादक सहकारी ३ लाख ५० हजार रुपैंया, तरकारी तथा फलफूल सहकारी एक करोड ६३ लाख रुपैंया, जुनार उत्पादक सहकारी एक करोड ५० लाख रुपैंया बराबरको क्षति पुगेको उनले जानकारी दिईन । त्यसैगरी संचार सहकारी २ करोड ७५ लाख रुपैंया, बहुउद्देश्यीय सहकारी ४९ लाख ३७ हजार रुपैंया र अन्य सहकारीका ५३ लाख ३७ हजार रुपैंया बराबरको क्षति उनले बताईन । ‘केही विषयगत सहकारी अझै विवरण आउनु सकेको छैन’, सुब्बाले भनिन्, ‘विवरण आएकाहरुको पनि पूर्ण विवरण होइन ।’ पूर्ण विवरण आउन अझै केही समय लाग्ने उनले बताईन ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले भूकम्पबाट क्षति पुगेका आफ्ना सदस्यहरुको राहतका लागि छुट्टै राहत कोष बनाएको छ । कोषमा ५० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको र कोषबाट क्षति पुगेका संस्थालाई सहयोग गर्ने उसको योजना छ । कोषबाट सदस्य संस्थाको क्षतिका आधारमा सहयोग गरिने, उनीहरुको पुर्नस्थापनाका लागि शिक्षा तथा तालिम संचालन गर्नका लागि खर्च गरिने नेफ्स्कूनले बताएको छ ।
भूकम्पबाट क्षति भएका जिल्लामा अस्थाई कार्यालय राखेर सहकारीहरुले सेवा दिइरहेका छन् । त्रिपाल, टेन्टमा अस्थाई कार्यालय राखेर सदस्यलाई आकस्मिक सेवा दिइएको सहकारीहरुले जनाएका छन् । जिल्ला सहकारी संघ दोलखाका अनुसार भूकमपमा परेर ५ सय २० वटा सहाकारीमा क्षति पुगेको छ । भूकम्पमा भवन भत्किदा ति संस्थाको कम्प्युटर, फर्निचरलगायतका सामाग्री पूर्ण रुपमा क्षति भएको र सेवा संचालन गर्न नसकिएको संघले जानकारी दिएको छ ।
के कति क्षति भयाे त ?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार

