२२ कात्तिक २०८३, आईतवार

जुन २१ मा अन्र्तराष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइने

२०७२ असार ३, बिहिबार
जुन २१ मा अन्र्तराष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइने

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले पहिलो अन्र्तराष्ट्रिय योग दिवस लैनचौरस्थित राजदूतावास परिसरमा एक विशेष समारोह आयोजना गरी मनाउने भएको छ ।
संयुक्त राष्ट्र संघले २१ जुनलाई अन्र्तराष्ट्रिय योग दिवसको मान्यता दिनु एक ठूलो उपलव्धिको रुपमा लिइएको दूतावासले जनाएको छ । यसले योगको सांस्कृतिक सम्पदालाई विश्वव्यापी पहिचान दिने बताइएको छ ।
गत बर्ष भारतले संयुक्त राष्ट्र संघीय सम्मेलनमा अन्र्तराष्ट्रिय योग दिवस मनाउन प्रस्ताव गरेकोमा संयुक्त राष्ट्र संघका एक सय ७७ सदस्यहरुले समर्थन गर्नुका साथै सहआयोजक समेत बन्ने निर्णय गरेको थियो । अन्र्तराष्ट्रिय योग दिवसको मुख्य उद्देश्य योगका बहुस्वास्थ्य उपयोगिताबारे जानकारी गराउनु रहेको दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘योग पौराणिक सांस्कुतिक सम्पदामा कति सम्पन्न छौं भन्ने जानकारी दिनको लागि पनि अन्र्तराष्ट्रिय योग दिवश मनाइदै छ । योग सम्पदा अति नै प्राचीन भएर पनि आधुनिक समयमा समेत यसको झन् धेरै महत्व रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘पहिलो अन्र्तराष्ट्रिय योग दिवस जुन २१ मा एकै समयमा (काठमाडांैमा बिहान ७ बजे) आयोजना हुन लागेको हो ।’
नेपालका बीरगञ्ज, विराटनगर, पोखरा, जनकपुर लगायत अन्य स्थानहरुमा समेत विभिन्न कार्यक्रम आयोजना गरिने बताएको छ । यो समारोह सफल गराउन नेपालका सरकारी तथा गैरसरकारी निकायहरु निरन्तर लागेका छन् । नेपालका हरेक मुख्य शहरमा पहिलो अन्र्तराष्ट्रिय योग दिवस मनाइने भएको छ । योगविदहरुद्वारा योगसम्बन्धि लिखित रचनाहरु समेटेर तैयार पारिने योग सन्देश पुस्तक समेत काठमाडौस्थित नियोगले चिनोको रुपमा प्रकाशन गर्न लागेको छ ।
yoga day
योग प्रदर्शनमा रुची राख्ने जो सुकै २०१५ जुन २१ विहान ७ बजे लैनचौरस्थित राजदूतावास परिसरमा उपस्थित हुन सक्ने दूतावासले बताएको छ ।

अभिलेख

लोकप्रिय