मेगा बैंकले ५० लाख सहयोग गर्ने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भूकम्प पीडित नेपालीकालागि ५० लाख रुपैंया सहयोग गर्ने भएको छ ।
बैंक संचालक समितिको बैठकले भूकम्प पीडितको राहतका लागि तत्काल ५० लाख रुपैंयाको राहत प्याकेज दिने निर्णय गरेको हो । संचालक समिति, कर्मचारी र बैंकका तर्फबाट यो सहयोग गर्न लागिएको हो । पचास लाख बराबरको राहत सामाग्री सहयोग बैंकले प्रभावित जिल्लामा पुगेर पीडितहरुलाई हस्तान्तरण गर्ने मेगा बैंकका सिइओ अनिलकेशरी शाहले बताए ।
यसअघि नै बैंकले भूकम्प पीडितहरुलाई तत्काल राहत पुर्याउने उद्देश्यले ‘मेगा अर्थक्वेक ग्रान्ट अकाउन्ट’ (मेगा) नामक चल्ती खाता स्थापना गरेको थियो । यस खातामा जम्मा हुने सम्पूर्ण रकम भूकम्प पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्र्थापना, भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले खडा गरेको “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा गरिने बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
