२२ कात्तिक २०८३, आईतवार

चारुमति सहकारीका दुर्इ सञ्चालक पक्राउ

२०७१ चैत २३, सोमबार
चारुमति सहकारीका दुर्इ सञ्चालक पक्राउ

काठमाडौं । चारुमति बहुउद्देश्यीय सहकारी संस्थाका दुईजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  सर्वसाधारणलाई आकर्षक व्याज दिने भन्दै १ करोड ६ लाख ८५ हजार रुपैयाँ ठगी गर्ने दुईजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा सञ्चालकद्धय राजकुमार श्रेष्ठ र पुरुषोतमप्रसाद उपाध्याय रहेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ७ बस्ने डा.राज कुमार सुवेदीलाई आकर्षक व्याज दिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले सोमबार पक्राउ गरेको हो ।  दुबै अभियुक्तमाथि अनुसन्धान सुरु गरिएको  छ ।

अभिलेख

लोकप्रिय