२२ कात्तिक २०८३, आईतवार

सुनसरीको १५ सहकारी खारेजी प्रक्रियामा

२०७१ माघ १४, बुधबार
सुनसरीको १५ सहकारी खारेजी प्रक्रियामा

सुनसरी । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरीले १५ वटा सहकारी संस्थालाई खारेजी प्रक्रियामा लगेको छ ।

कार्यालयमा दर्ता भई विगत दुई वर्षभन्दा बढी अवधिदेखि लेखापरिक्षण प्रतिवेदन पेश नगरेको तथा संस्था संचालनमा रहेको कुनै पनि विवरण कार्यालयमा नबुझाएका कारण खारेजी प्रक्रियामा लगिएको कार्यालयका प्रमुख बलराम निरौलाले बताए ।

कार्यालयबाट निरिक्षण गर्दा समेत कतिपय संस्था फेला नपरेको तथा कतिपय संस्थाहरु वन्द एवं निष्क्रिय अवस्थामा देखिएकाले सहकारी ऐन २०४८ को दफा ४१(३) बमोजिम खारेजी गर्न लागिएको निरौलाले सहकारीखबरलाई बताए ।

दर्ता खारेज गर्नु नपर्ने उचित र प्रर्याप्त कारण भए ३५ दिनभित्र आधिकारिक कागजात प्रमाण सहित कार्यालयमा पेश गरे संस्था खारेजी नहुने उनको भनाई छ ।

यि हुन् खारेजी प्रक्रियामा रहेका सहकारी

darta kharej suchana1 copy

अभिलेख

लोकप्रिय