सहकारीका सन् २०१४ : अपेक्षा धेरै, उपलब्धी न्यून
काठमाडाैं । बुधबारबाट औपचारिक रुपमा सन् २०१४ले बिदा लिदैं छ । सहकारी क्षेत्रको लागि यो बर्ष मिश्रित मान्न सकिन्छ । सहकारी क्षेत्रमा केही सुधारका पाटहरु देखा परे पनि आउँदा दिनमा केही कठिनाईको संकेत दिदै २०१४ बिदा हुदैंछ । सन २०१४ मा नेपालको सहकारी क्षेत्रमा सहकारी ऐन, नियम परिर्वतन हुनेकी नहुने भन्ने अन्यौलतामा बित्यो । अझै पनि सहकारी ऐन आउला र सहकारीका समस्या हल गर्ने बाटो खुल्ला भन्ने अन्यैालता नै छ । त्यसो त सहकारी क्षेत्रमा सन २०१४ गोष्ठि र सेमिनारको बिशेष बर्षको रुपमा लिन सकिन्छ । उपलब्धी केही नभए पनि ठुला सम्मेलन र सभा नेपालले गर्न सक्छ भन्ने सन्देश विश्वलाई दिएको छ । बर्ष २०१४, सहकारीका लागि यो बर्ष ऐतिहासिक थियो । प्रथम राष्ट्रिय सहकारी महासम्मेलन आयोजना गर्नु आफैमा एउटा महत्वपुर्ण उपलब्धी हो । तर सहकारी आन्दोलनले सो महासम्मेलनबाट जुन उपलब्धी हासिल गर्न सक्नु पथ्र्यो त्यसो हुन सकेन । जसको फलस्वरुप सम्मेलन औपचारिकतामा मात्र सिमित हुन पुग्यो ।
यो बर्ष सहकारी संस्थाहरुका छिटफुट ठगीका घटनाहरु बाहिर आइरहे । केही पक्राउ परे त कोही अझै कानुनको कठघरा भन्दा बाहिर नै छ । यो बर्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले छुट्टै ऐनको मस्यौदा समेत मन्त्रालय लगायतका निकायमा ड्राफ समेत बुझायो तर यसको कार्यन्वयनको लागि सिन्को भाच्ने काम भएन । सहकारी विकास बोर्ड तयार गरेको सहकारी एेन परिमार्जन सहितको को ड्राफ मन्त्रालयमा समेत पुग्यो । संसदको अर्थ समितिमा छलफल पनि भयो तर त्यसले कुनै अर्थ राखेन । यस्तै यो बर्ष सहकारी क्षेत्रको अविभावक विगतमा जस्तै यो पटक पनि ठूला मानिने तिन राजनितिक दल बिच भागबण्डामा संघ नेतृत्व चयन हुन पुग्यो । सञ्चालकमा केही नयाँ अनुहारले स्थान पाए पनि स्टेरिङ पुरानै ड्राइभरले समाउन सफल भए । सहकारीका मुद्दा एउटै भए पनि संघमा दलगत राजनीतिक विभाजन पनि बढेको देखियो ।
सन २०१४ मा वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई समस्या र समाधान सहितको प्रतिवेदन बुझायो । सो आयोगमा अध्यक्ष गौरीबहादुर कार्की, पूर्व अध्यक्ष (न्यायाधीश) विशेष अदालत, सदस्य सीताराम उपे्रती, पूर्व प्राचार्य, सहकारी प्रशिक्षण केन्द्र, (सहकारी विज्ञ), सदस्य सुशीलराम माथेमा, नेपाल राष्ट्र वैंकका पूर्व वरिष्ठ अधिकारी, अर्थ विशेषज्ञ थिए । आयोगले पनि विगतमा बनेका समिति झै प्रतिवेदन बनायो बुझायो । हाल सम्म यो प्रतिवेदन कार्यान्वयन गर्ने चासो राज्यले गर्न सकेको छैन ।
यस्तै उत्पादन मुलक क्षेत्रका सहकारीहरुमा भने यो बर्ष सकारात्मक नै रहयो । साना किसान सहकरीकै लगानीमै झापामा ठुलो चिया उधोग सञ्चालनमा आयो । यसले आउदा दिनमा उत्पादन सहकारीको उज्वल भविष्य रहेको उज्गार गरेको छ । यस्तै साना किसानहरु पनि राजधानीको तारे होटलमा अायोजना भएको साना किसान सम्मेलनमा सहभागि भए । यो किसानहरुको लागि अाफ्ना गुनासा सुनाउने महत्वपुर्ण फोरमको रुपमा लिन सकिन्छ । सन् २०१४ मा देखिएका केही आशालाग्दा उपलब्धिहरुले सन् २०१५ लाई पनि सोही अनुसार डोर्याउने अपेक्षा गरौं । नयाँ वर्षको उपलक्ष्यमा सहकारी खबर डटकमको तर्फबाट शुभकामना ।