२२ कात्तिक २०८३, आईतवार

एनआरएनको फर्म अनुसन्धानको घेरामा

२०७१ पुष १०, बिहिबार
एनआरएनको फर्म अनुसन्धानको घेरामा

अर्थमन्त्रालयमा स्थापना भएको गुनासो सुनुवाइ कक्ष ‘बिगुल’मा परेको उजुरीका आधारमा अर्थमन्त्रालयले विभागलाई छानबिन गर्न निर्देशन दिएलगत्तै छानबिन सुरु गरिएको विभागले जनाएको छ ।
अनुसन्धानमा रहेका ती व्यक्तिलाई नेपाल बोलाएर सञ्चालन गरेका फर्मका बारेमा जानकारी लिन लागिएको हो । यससम्बन्धी अनुसन्धान सुरु गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए ।
करको दायरामा नआएका तर कर योग्य आयआर्जन गरेका व्यक्ति तथा संस्थाहरूलाई करको दायरामा ल्याउने अभियानमा कसैले पनि उन्मुक्ति नपाउने भन्दै विभाग सक्रिय भएको हो ।
बिगुलमा परेका उजुरीमा आम सञ्चारका माध्यमलाई करको छुट दिन नहुने भन्दै अन्य कम्पनीसरह कर लगाउन माग गरिएको छ । त्यसैगरी सरकारले उपलब्ध गराउने भनेको कृषि ऋणमा दिने भनिएको अनुदान वास्तविक किसानसम्म नपुगेको भन्दै त्यसलाई कार्यान्वन गर्नसमेत माग गरिएको छ ।

काठमाडौँ । आन्तरिक राजस्व विभागले एक गैरआवासीय नेपाली (एनआरएन)ले सञ्चालन गरेका विभिन्न आठवटा कम्पनीले कर छली गरेको आशङ्कामा अनुसन्धान थालेको छ ।

अभिलेख

लोकप्रिय