सहकारीले कर्मसियल बैंकले जस्तै काम गरेका कारण समस्यामा – अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री रामशरण महतले सहकारीको अनुगमनका लागि छुट्टै संयन्त्र बनाउन लागिएको बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को २३ औं साधारणसभाका अवसरमा अर्थ मन्त्री महतले सहकारी अनुगमन संयन्त्र निर्माणको कार्य अन्तिम चरण पुगेको बताएका हुन् । सहकारीमा देखिएको समस्या समाधानका लागि नियमक निकायको कार्यसम्पादन सन्तोषकजनक भएपनि संयन्त्र कम भएका कारण सहकारी अनुगमन प्रभावकारी वन्न नसकेको बताए ।
‘अहिले सहकारी विभाग र राष्ट्र बैंकले अनुगमन कार्य गर्दै आएका छन् तर सहकारीको संख्या अनुसार संयन्त्र पर्याप्त छैन ।’ मन्त्री महतले भजे, ‘अहिले भैरहेको विकेन्द्रित सहकारीको अनुगमनलाई केन्द्रीकृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको छ ।’ सहकारीलाई बैंकिङ क्षेत्रजस्तो गरी सञ्चालन गर्न खोजेकै कारण सहकारीमा समस्या आएको उनको भनाई थियो । कतिपय सहकारी समस्यामा हुनु बिग मनी भएको चर्चा गर्दै मन्त्री महतले सहकारीको आवरणमा बैंक चलाउन कसैलाई छुट नभएको बताए । ‘सहकारीका नाममा कमर्सियल बैंकले जस्तै काम गरेका कारणसमस्यामा परेका हुन्’ उनले भने । सहकारीमा सुशासन ल्याउन सहकारीको सिद्वान्तअनुरुप सञ्चालन हुन आवश्क रहेको उनको भनाई थियो ।
सहकारी नियमनको अभावमा विकृति आएकोले सहकारीका केन्द्रिय संघहरुले आफ्ना सदस्यहरुको अनुगमन गर्नुपर्नेमा जोड दिए । ‘सेल्फ पोलिसी लिएर आफ्ना सदस्यको अनुगमन गर्दा सहकारीमा आत्मअनुशासन आउन सक्छ’ महतले भने । हालै घोषणा गरिएका नगर क्षेत्रका सहकारीको तत्काल कर नलाग्ने र आन्तरिक राजस्व विभागलाई निर्देशन दिइसकेको उनले बताए । बचत तथा ऋणबाहेकका अन्य सहकारीलाई करमुक्त समेत गरिएको उनको भनाई छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि सबै नियमनकारी एकजुट हुनुपर्ने बताए । नियमनकारी निकायको तर्दथ समिति समेत बनेको र त्यसलाई बलियो कानुन निर्माण गर्न आवश्यक भएको उनको भनाई थियो । सहकारीका दुईतीनवटा मस्यौदा निर्माण भएको र अब कस्तो कानुन बनाउने भन्ने छलफलसमेत भइरहेको उनको भनाई थियो । केन्द्रिय बैंकले जोखिममा आधारित प्रणालीमा सहयोग गर्न सक्ने बताए ।
ठूला सहकारी बैंकमा रुपान्तरण गर्न चाहेमा राष्ट्र बैंकले छुट दिने बता उनले बताए । केही ठूला सहकारीको कामकारवाही बैंकको जस्तै भएको तर सहकारी अभियानअनुरुप चलेकाले त्यस्ता सहकारीको पनि अनुगमन हुन नसकेको उनको भनाई थियो । ठूला सहकारीको अनुगमन राष्ट्र बैंकले गर्नुपर्ने कुरो आएम पनि राष्ट्र बैंकले सहकारीको अनुगमन गर्न नसक्ने बताए ।
कानुनीरुपमा बलियो संरचना नहुँदा अनुगमनमा कठिनाई हुने भएकाले त्यसतर्फ सजग हुनुपर्ने खतिवडाको भनाई थियो । नेफ्स्कुनले आफ्ना सदस्य सहकारी अनुगमन गर्न चाहेमा कानुनीरुपमा बलियो हुन समेत सुझाव दिए ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले हरेक सहकारी व्यवसाय उन्मुख हुनुपर्नेमा जोड दिए । वडालले सहकारी संस्थाको प्रकृतिनै सेवा प्रदान गर्ने भएकाले सवै सहकारी कुनै न कुनै उत्पादनमा जोडिनुपर्ने बताए ।
सभासद् राजेन्द्र पाण्डेले सहकारी विरोधी मान्छेहरु चलबलाई रहेकोले सहकारीमा आर्थिक सू—शासन कायम हुन नसकेको बताए । नेफ्स्कुनका महासचिव परितोष पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै बचत तथा ऋण सहकारी परिचालन गर्न छुट्टै ऐन आवश्यक भएको बताए । छुट्टै ऐन नआए सहकारी ठूलो दुर्घटनामा पर्न सक्ने चेतावनी समेत दिए । नेफ्स्कुनले सहकारी एकीकरण तथा अनुगमनमा जोड दिदैं आएको पौडेलको भनाई थियो ।
नेफ्स्कुनमा हाल १८ लाख बढी सदस्य आबद्घ छन् । ७१ जिल्लाका २ हजार १ सय ४० सहकारी संस्था सदस्य रहेका छन् ।
उत्कृष्ट सहकारी पुरस्कृत
नेफ्स्कुनले उत्कृष्ट साकोसको रुपमा दोलखाको मिलिजुली बचत तथा ऋण सहकारीलाई पुरस्कृत गरेको छ । त्यस्तै महिला सहकारीमा नारी कल्याण महिला बचत तथा ऋण सहकारी संस्था भक्तपुरलाई पनि पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट जिल्ला संघका रुपमा मकवानपुर जिल्ला बचत संघलाई पनि पुरस्कृत गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार

