डिप्रोक्स बैंकले ३५ प्रतिशत बोनस शेयर दिने
चितवन। डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले गएको आर्थिक वर्षमा १२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको चितवनमा शुक्रबार भएको १३ औं वार्षिक साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत नगद लाभाशं र ३५ प्रतिशत बोनस शेयर दिने निर्णय पनि गरेको छ ।
बैंकले हाल देशभरका ३६ जिल्लाका ६८ शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षकोको पहिलो ३ महिनामा बैंकको ग्रामीण, बिपन्न तथा पिछडिएका क्षेत्रका करिव ९५ हजार परिवारमा २ अर्ब १८ करोड २४ लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।
नबिल बैंक लि., कृषि विकास बैंक लि., नेपाल बैंक लि., विकास आयोजना सेवा केन्द्र, लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी र बैंक तथा वित्तीय क्षेत्रका बिशेषज्ञहरुको प्रत्यक्ष लगानीमा स्थापित बैंकले वित्तीय सेवामार्फत महिला सशक्तिकरणसहित गरिवी निवारणको मुख्य उद्देश्य बैंकको राखेको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
