७३ सहकारी संस्थामाथि कारबाही
लहान । समयमै लेखा परीक्षण स्वीकृति नलिने सिरहा र सप्तरीका ७३ वटा सहकारी संस्थालाई डिभिजन सहकारी कार्यालय लहानले कारबाही गरेको छ ।
गएको आर्थिक वर्ष २०७०/०७१ को लेखा परीक्षणका लागि स्वीकृति नलिएको भन्दै डिभिजन सहकारी कार्यालयले सिरहाका ३९ वटा र सप्तरीका ३४ वटा संस्थालाई कारबाही स्वरुप जरिवाना गरेको हो ।
सहकारी संस्थामाथि गरिएको जरिवानाबाट चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ७१ हजार ७ सय राजस्व सङ्कलन भएको डिभिजन सहकारी संस्थाका प्रमुख रेखनाथ दाहालले जानकारी दिए ।
समयमा लेखा परीक्षण स्वीकृति नलिने सहकारी संस्थाबाट एक हजार ५ सय सम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुरुप ती सहकारी संस्थामाथि कारबाही स्वरुप जरिवाना गरेको उनले बताए ।
अघिल्लो आर्थिक वर्ष २०६९/०७० मा पनि डिभिजन सहकारी कार्यालय लहानले समयमा लेखा परीक्षण स्वीकृति नलिने विभिन्न सहकारी संस्थाबाट जरिवाना स्वरुप ७२ हजार ५ सय राजस्व सङ्कलन गरेको थियो ।
सिरहामा ६०० र सप्तरीमा ५०० सहकारी संस्था दर्ता रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ । दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नगरेको भन्दै सहकारी डिभिजन कार्यालयले गएको आर्थिक वर्ष २०७०/०७१ मा सप्तरीका १२ वटा र सिरहाका छवटा गरी १८ वटा सहकारी खारेज गरेको थियो ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार