अमेरिकामा बैंक तथा वित्तिय संस्थाको विश्वास घट्दै, क्रेडिट युनियन बढ्दै
अमेरिका । संयुक्त राज्य अमेरिकामा बैंक तथा बित्तीय संस्थाहरूप्रति मानिसको विश्वास घट्दै गएको तर क्रेडिट युनियनहरूप्रति भने विश्वास बढिरहेको पाइएको छ । सिकागोको एउटा स्कुल अफ विजिनेश स्टडीले तयार पारेको बित्तीय सेवाको विश्वशनीयता सम्बन्धी सूचाङ्कमा यो कुरा उल्लेख गरिएको छ ।
बित्तीय सेवा प्रदान गर्ने फाइनान्सियल इन्स्टिच्युसनहरूमा क्रेडिट को–अपरेटिभ सबैभन्दा बढि सेवाग्राहीलाई सन्तुष्टी दिने बित्तीय संस्था रहेका छन् । अमेरिकाका क्रेडिट युनियनहरू सेवाग्राहीका लागि सबैभन्दा बढि सन्तुष्टी दिने बित्तीय सेवा प्रदायकका रूपमा मुल्याङ्कन गरिएका छन् । अमेरिकन कस्टोमर स्याटिस्प्mयाक्सन इन्डेक्स (एसिएसआइ)ले प्रकाशित गरेको रिपोर्टले उक्त कुरा औल्याएको वेलायतको सहकारी समाचारमा उल्लेख गरिएको छ ।
रिपोर्टमा जनाइए अनुसार सेवाग्राहीको सन्तुष्टी मापन स्कोर क्रेडिट को–अपरेटिभहरूको औसत ८५ रहेको छ, भने अन्य बैंक र फाइनान्सियल इन्स्टिच्युसनहरूको औसत स्कोर ७६ मात्र पुगको छ । एसिएसआईले मापनका लागि सेवाग्राहीको चाहना, गुणस्तर, मुल्य–मान्यता, शिष्टाचार, ब्याजदर आदि रहेका थिए । संयुक्त राज्य अमेरिकाको सबै राज्यमा गरिएको सर्भेबाट उक्त मुल्याङ्कन गरिएको हो । अमेरिकाको घरायसी उपभोक्ताहरू बीच पनि सेवा, मुल्य, गुणस्तर आदि सम्बन्धी अन्तर्राष्ट्रिय बजारबाट ल्याइने तथा आन्तरिक रूपमा उत्पादित उपभोग्य ब
स्तु दुबैका उपभोक्ताहरूको बीचमा अध्ययन गरिएको थियो । यो लगातार सातौ वर्ष हो जसमा क्रेडिट युनियनहरू बैंकभन्दा हरेक मापदण्डमा माथिल्लो -याङ्कमा स्कोर प्राप्त गर्न सफल रहेका छन ।
एसिएसआईले प्रस्तुत गरेको क्रेडिट युनियनहरूको उच्चता र गुणस्तरीय सेवाको विषयमा क्रेडिट युनियन नेशनल एसोसियसन (सीयुएलए)का अध्यक्ष तथा कार्यकारी प्रमुख जीम नुस्सले आफ्नो प्रतिक्रियामा भन्नुहुन्छ, ‘क्रेडिट युनियनहरू बित्तीय सेवाका लागि उच्चकोटीका संङगठन हुन ।’ – एजेन्सी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार