७ वैशाख २०८२, आईतवार

अमेरिकामा बैंक तथा वित्तिय संस्थाको विश्वास घट्दै, क्रेडिट युनियन बढ्दै

२०७१ मंसिर १५, सोमबार
अमेरिकामा बैंक तथा वित्तिय संस्थाको विश्वास घट्दै, क्रेडिट युनियन बढ्दै

अमेरिका । संयुक्त राज्य अमेरिकामा बैंक तथा बित्तीय संस्थाहरूप्रति मानिसको विश्वास घट्दै गएको तर क्रेडिट युनियनहरूप्रति भने विश्वास बढिरहेको पाइएको छ । सिकागोको एउटा स्कुल अफ विजिनेश स्टडीले तयार पारेको बित्तीय सेवाको विश्वशनीयता सम्बन्धी सूचाङ्कमा यो कुरा उल्लेख गरिएको छ ।

बित्तीय सेवा प्रदान गर्ने फाइनान्सियल इन्स्टिच्युसनहरूमा क्रेडिट को–अपरेटिभ सबैभन्दा बढि सेवाग्राहीलाई सन्तुष्टी दिने बित्तीय संस्था रहेका छन् । अमेरिकाका क्रेडिट युनियनहरू सेवाग्राहीका लागि सबैभन्दा बढि सन्तुष्टी दिने बित्तीय सेवा प्रदायकका रूपमा मुल्याङ्कन गरिएका छन् । अमेरिकन कस्टोमर स्याटिस्प्mयाक्सन इन्डेक्स (एसिएसआइ)ले प्रकाशित गरेको रिपोर्टले उक्त कुरा औल्याएको वेलायतको सहकारी समाचारमा उल्लेख गरिएको छ ।

coop bankरिपोर्टमा जनाइए अनुसार सेवाग्राहीको सन्तुष्टी मापन स्कोर क्रेडिट को–अपरेटिभहरूको औसत ८५ रहेको छ, भने अन्य बैंक र फाइनान्सियल इन्स्टिच्युसनहरूको औसत स्कोर ७६ मात्र पुगको छ । एसिएसआईले मापनका लागि सेवाग्राहीको चाहना, गुणस्तर, मुल्य–मान्यता, शिष्टाचार, ब्याजदर आदि रहेका थिए । संयुक्त राज्य अमेरिकाको सबै राज्यमा गरिएको सर्भेबाट उक्त मुल्याङ्कन गरिएको हो । अमेरिकाको घरायसी उपभोक्ताहरू बीच पनि सेवा, मुल्य, गुणस्तर आदि सम्बन्धी अन्तर्राष्ट्रिय बजारबाट ल्याइने तथा आन्तरिक रूपमा उत्पादित उपभोग्य बlogo_EnergyCoopOfAmericaस्तु दुबैका उपभोक्ताहरूको बीचमा अध्ययन गरिएको थियो । यो लगातार सातौ वर्ष हो जसमा क्रेडिट युनियनहरू बैंकभन्दा हरेक मापदण्डमा माथिल्लो -याङ्कमा स्कोर प्राप्त गर्न सफल रहेका छन ।

एसिएसआईले प्रस्तुत गरेको क्रेडिट युनियनहरूको उच्चता र गुणस्तरीय सेवाको विषयमा क्रेडिट युनियन नेशनल एसोसियसन (सीयुएलए)का अध्यक्ष तथा कार्यकारी प्रमुख जीम नुस्सले आफ्नो प्रतिक्रियामा भन्नुहुन्छ, ‘क्रेडिट युनियनहरू बित्तीय सेवाका लागि उच्चकोटीका संङगठन हुन ।’ – एजेन्सी

अभिलेख

लोकप्रिय